नेपालगन्जको आवाज : आवाज दि ब्याण्ड

शुक्रवारे साँझ । अलिकति रमाइलो । अलिकति नयाँ स्वाद । अनि पार्श्वमा गुन्जिएको नेपाली तथा हिन्दी कालजयी गित–संगीत संगै नयाँ पुस्तालाई लोभ्याउने आधुनिक रक पप । माहोल हेर्दा लाग्थ्यो मेरो नेपालगन्ज बिशेष भएको छ । त्यो शुक्रबारे साँझ विशेष लाग्नुमा पार्श्वमा गुन्जेका लाइभ गित–संगीत प्रमुख कारण थियो । अनि नेपथ्यमा थियो हाम्रो मनोभावना र अनुरोधका गितहरु एकपछि अर्को गर्दै प्रस्तुति दिइरहेका नेपालगन्जकै स्थानिय ब्याण्ड ‘आवाज दि ब्याण्ड’ ।


हप्ता भरिको काम र थकान मेट्ने अनि जमघट गरि मनोरंजन लिने संगीत पारखीहरुको निम्ति आवाजको कार्य सरहानिय रहेको जानकारहरु बताउछन् । आवाजले सृजना गरेको साङ्गेतिक माहोलले होटेल व्यवसायीहरुको निम्ति सफलताको एक खुड्किलो मान्न सकिन्छ । नेपालगन्ज संगै बाँके र बर्दियाका विभिन्न स्थान तथा ठुला होटेल र रेस्टुरेन्टमा नियमित प्रस्तुति दिदै आइरहेका आवाजले होटेल तथा रेस्टुरेन्ट संग सहकार्य गरि संगीतको माहोल सृजना गरिरहेका छन्’, बिगत केही बर्ष देखि निरन्तर ।


आवाज दि ब्याण्डका संस्थापक तथा समुहका लिड भोकलिस्ट २४ वार्षिय प्रदिप जंग शाही पेशाले उनी नाम चलेको कम्पनीमा मार्के्टिङ गर्छन् । उनले लामो समयसम्म नेपालगन्जको विभिन्न एफएममा युवापुस्ताको कार्यक्रम समेत चलाए । तर उनको परिचय भने आवाज दि ब्याण्डले दियो ।


शाही संगै कोहलपुरका २६ वार्षिय बिश्वजित मल्ल ठकुरी पनि आवाज दि ब्याण्डमा आवद्ध छन् उनी आवाजका लिड भोकलिस्ट हुन् । बिश्वजित पनि आफ्नो परिचय आवाजले दिएको कुरामा पुर्णतया सहमत छन् । संगीतले नाम संगै आत्मसन्तुष्टि दिएको उनको बुझाइ छ । त्यस्तै आवाजका अर्का सदस्य हुन् नेपालगन्ज गणेशपुरका रिदम खड्की (२१) उनी आवाजको गितारिस्ट हुन् । त्यस्तै बिशलनगर नेपालगन्जका गिल्बर्ट दानियल (२३) पनि आवाजमा आबद्द छन् । उनी पनि आवाजका गितारिस्ट हुन् । आवाजकै अर्का सदस्य हुन २१ वार्षिय नुप शाही । उनिहरु सबैलाई संगीतले जोडेको छ । आवाज उनिहरुको परिचय बनेको छ ।


‘संगीत चाहेर पनि हामीबाट अलग हुन सकेन , र समुहले संगीतलाई टाढा पनि जान दिनु हुन्न भन्ने प्रण लिएका छौ ।’ आवाजको एउटै आवाज थियो । उनीहरु अगाडि थप्छन्, ‘हप्ता भरिको काम र थकान मेट्ने थलो भएको छ संगीत । संगीत पारखिहरुको मुहारमा देखिने खुसी हाम्रो निम्ति उर्जा हो । त्यसैले संगीत हाम्रो जिबनको उर्जा हो । संगीतले नै जिबनको गति दिएको छ ।’


जीवन, भोगाइ संगै संगीतको परिभाषा बृहतर छन् । सबैका आफ्नै परिभाषा अनि मान्यता छन् । तर ध्रुबसत्य के छ भने संगीत मन नपर्ने सायदै कोहि होला । कारण संगीतले एउटा धुन मात्रै होईन उर्जा दिन्छ । कहिलेकाही क्रान्तिको सम्वाहक बन्छ । कहिले औसधि त कहिले सान्त्वना । त्यसैले त भनिन्छ संगीत सुख, दुःखको अभिन्न मित्र हो । जसले रुवाउछ, हसाउँछ अनी सारा दुस्ख भुलाउछ । बिरामीका लागि गीत संगीत औसधी हो, समय परिवर्तनका लागि सिजन हो भने आम मानब जीवनका लागि सुख दुस्खको साथी हो । यहि मान्यता बोकेका नेपालगन्जका युवाहरुको आवाज दि ब्याण्ड हाल स्टेज शो मै ब्यस्त बनेको छ, समुहकै शब्दमा भन्ने हो भने आवाज नेपालगन्जका संगीत प्रेमिको निम्ति एउटा गन्तव्य बनेको हो र आवाजले नेपालगन्जमा संगीतका विभिन्न स्वाद पस्कदै आएको छ ।


२०७३ असोज २ गते स्थापना भएको आवाज दि ब्याण्डले नेपालगन्जका हरेक पार्टी, कन्सर्ट र साप्ताहिक रुपमा ठुला होटेल र रेस्टुराँहरुमा आफ्नो प्रस्तुति दिदै आएको छ । अबभने आवाज दि ब्याण्ड स्टेज शो मा मात्रै रम्न चाहेको छैन , आफ्नै सोलो गित निकाल्ने तयारी पनि गरिरहेको छ । उनिहरु नेपालगन्ज भन्दा बाहिरका गित(संगीतका पारखी अनि युवापुस्ता लाई आफ्नो सृजना द्वारा त्यो खुसी दिन चाहेको छ । जुन खुसी सानो छदा उनिहरुले अग्रजका गित संगीत बाट प्राप्त गरेका थिए । त्यसैले आवाजले यो बर्षको अन्त्य सम्ममा आफ्नै गित द्वारा दर्शक र स्रोतालाई सुनाउने प्रयत्नमा लागिपरेको छ ।


भनिन्छ, सिर्जना आफैंमा साधना हो । साधनाले असल सिर्जना जन्माउँछ । असल सिर्जना लोकप्रिय होस् या कोठाको कुनै कुनामा नै किन नथन्कियोस्, त्यसले सर्जक स्वयंलाई भने आनन्द दिन्छ । आवाजका सदस्यहरु आनन्द संगै आम्दानीको कुरामा पनि सन्तुष्ट छन् ।
‘जे होस अहिलेको परिवेशमा गाएर जीविकोपार्जन गर्न पुगेकै छ,’ उनीहरुको जिकिर छ ।
काम, अध्यन अनि अन्य कार्य संगै एउटा ब्याण्डलाई अस्तित्वमा राखेर नेपालगन्जमा संगीतको माहोल तयार गर्न लागिपरेका आवाजका सदस्यहरु संगीतको माध्यम द्वारा नेपालगन्जलाई चिनाउने उद्देश्य राख्छन् । ‘शून्यबाट शुरुवात गरेका हामी अहिले धेरै माझ लोकप्रिय बन्न सफल भएका छौँ, सबै भन्दा खुशिको कुरा नेपालगन्जका म्युजिकका पारखिको लागि आवाज दि ब्यान्ड गन्तव्य बनेको छ र म्युजिकको माध्यमबाट नेपालगन्जलाई चिनाउने प्रयत्नमा छौँ,’ आवाजका प्रदिप जंग शाही बताउँछन् ।


सानै देखि स्वर सम्राट नारायण गोपालका गित संगीत सुनेर हुर्केका शाही र बिश्वजित मल्ल ठकुरीको मनपर्ने गित केही मीठो बात गर रात त्यसै … हो भने उनीहरुको प्रेरणाको स्रोत पनि स्वर सम्राट नै हुन् । उनैका गितहरुले गायक बन्न सदैव प्रेरित गरेको बताउँछन् । देशको होस या नेपालगन्जकै कुरा गर्दा समेत विभिन्न समयमा ब्याण्ड खुल्ने र केही समयमा हराउने वा बिभाजन हुने अक्सर उदाहरण छन् । ब्याण्डमा आउने विभिन्न समस्या उतारचढावमा गुज्रिएको आवाजलाई बिशुद्द संगीतले बाधेको समुहका सदस्यहरुको जिकिर छ ।


सानो–सानो सफलताले हामीलाई सधै एकजुट हुन सिकायो, मेहनत गर्न सिकायो, समय अनि परिस्थिति संग लड्न सिकायो त्यसैले गरे के हुन्न भन्ने अभिप्रयका साथ अघि बढी रहेका हामी मेहनत गरे सफलता हातमा छ भन्ने सोच्दछौ,’ उनीहरुको यहि आत्मबिश्वास र एकजुटले आवाज स्वर अनि आवाज गुन्जिरहेको छ । यो सुन्दर नगरिमा ।

प्रतिक्रिया

प्रतिक्रिया