नेपालगन्ज : लक्ष्य भन्दा कम कर

चालु आ.व.मा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लक्ष्यसम्म पुग्नका लागि जेठ र असार मसान्तसम्म ८६ करोड ४२ लाख ८९ रुपैयाँ असुल्नु पर्ने देखिन्छ । गत बर्ष १० जिल्ला कार्यक्षेत्र हुँदा जेठ र असारमा कर कार्यालयले लक्ष्य प्राप्तिका लागि असुल्नु पर्ने रकम जम्मा ५३ करोड १९ लाख ६ हजार रुपैयाँ मात्र थियो । त्यसैले करदाता र कार्यक्षेत्र घटेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लक्ष्य प्राप्त गर्न चुनौति देखिन्छ ।

साविक मध्य र सुदूरको १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जको कार्यक्षेत्र घटेपछि यसपटक लक्ष्य प्राप्त गर्न चुकेको छ । संघीयता लागु भएपछि बाँके र बर्दियाको दुई जिल्लाको कार्यक्षेत्रमा खुम्चिएको राजश्व कार्यालयले बैशाखसम्म निर्धारित लक्ष्य भन्दा १० करोड कम राजश्व संकलन गरेको हो । गत बर्ष बैशाख मसान्तसम्म लक्ष्य भन्दा ७ प्रतिशत बढी कर संकलन भएको थियो । कर्णाली प्रदेशलाई लक्षित गरी सुर्खेतमा राजश्व कार्यालय स्थापना भएपछि नेपालगन्जमा कर संकलन घटेको हो ।


यसअघिका बर्षहरुमा समग्र निर्धारित लक्ष्य भन्दा बढी कर संकलन गर्ने गरेको राजश्व कार्यालयले वैशाख मसन्तासम्म निर्धारित लक्ष्य भन्दा १० करोड कम राजश्व संकलन गरेको छ । चालु आ.व.को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय नेपालगन्जले २ अर्ब ७५ करोड १३ लाख ५६ हजार लक्ष्य निर्धारण गरेकोमा जम्मा २ अर्ब ६४ करोड ५७ लाख ११ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ । जुन वैशाख मसान्तसम्मको लक्ष्यको ९६.१६ प्रतिशत मात्रै हो ।
बैशाखसम्मको लक्ष्य हेर्दा सबैभन्दा कम राजश्व संकलन आयकरमा भएको देखिन्छ । आयकरमा लक्ष्यको ८७.७६ प्रतिशत मात्र राजश्व संकलन भएको छ । १ अर्ब १६ करोड ८८ लाख ३२ हजार लक्ष्य रहेको आयकरमा जम्मा १ अर्ब २ करोड ५७ लाख ५३ हजार रुपैयाँ मात्रै असुली भएको छ । सबैभन्दा बढी करको स्रोत आयकर नै मानिन्छ । आयकर संकलन कम हुँदा लक्ष्य हासिल हुन नसकेको हो ।


चालु आ.व.देखि बहाल कर स्थानीय तहले संकलन गर्दैछ । त्यसबाहेक राजश्वले लक्ष्य निर्धारण नगरेपनि यसबर्ष बहाल कर ५ करोड १४ लाख ७६ हजार रुपैयाँ राजश्व गरेको छ भने चालु आ.व.मा खारेज गरिएपनि पुरानो स्वास्थ्य कर ७७ लाख ७ हजार र ६५ लाख ४४ हजार रुपैयाँ शिक्षा कर संलकन भएको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी नवराज पराजुलीले जानकारी दिएका छन् ।


आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अनुसार, गत बर्ष बैशाख मसान्तसम्म लक्ष्यको ८४ प्रतिशत कर संकलन भएको थियो भने गत बर्षको बैशाखसम्म निर्धारित लक्ष्यको १ सय ७ प्रतिशत कर संकलन भएको थियो । गत आ.व. २०७४/०७५ का लागि ३ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो । राजश्वले गत आ.व.मा ३ अर्ब ६७ करोड ३५ लाख ५७ हजार रुपैयाँ संकलन गर्न सफल भएको थियो ।


चालु आ.व.मा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लक्ष्यसम्म पुग्नका लागि जेठ र असार मसान्तसम्म ८६ करोड ४२ लाख ८९ हजार रुपैयाँ असुल्नु पर्ने देखिन्छ । गत बर्ष १० जिल्ला कार्यक्षेत्र हुँदा जेठ र असारमा कर कार्यालयले लक्ष्य प्राप्तिका लागि असुल्नु पर्ने रकम जम्मा ५३ करोड १९ लाख ६ हजार रुपैयाँ मात्र थियो । त्यसैले करदाता र कार्यक्षेत्र घटेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लक्ष्य प्राप्त गर्न चुनौति देखिन्छ ।


यस बर्षको सुरुमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जलाई ४ अर्ब ५७ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य निर्धारण गरिएपनि सुर्खेतमा आन्तरिक राजश्व कार्यालय सञ्चालन पछि करदाताको संख्या घटेको थियो । करदाता संख्या घट्पछि निर्धारित लक्ष्यमो संशोधन गरिएको थियो । ‘चालु आ.व.का लागि ३ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य छ’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका सूचना अधिकारी पराजुलीले जानकारी दिंदै भने, ‘असार मसान्तसम्म लक्ष्य हासिल गर्न सकिनेमा विश्वस्त छौं ।’


कर अधिकृतहरु कार्यक्षेत्र घट्दा आन्तरिक राजश्व कार्यालय नेपालगन्जलाई निर्धारण गरिएको लक्ष्य बढी भएको बताउँछन् । उनीहरु भन्छन्, ‘त्यसैले सुर्खेतले पाएको लक्ष्य जेठ महिनामै प्राप्त गर्ने अवस्था छ, तर नेपालगन्जले आफ्नो लक्ष्य हासिल गर्न सकिरहेको छैन ।’


चालु आ.व.मा आन्तरिक राजश्व कार्यालय मार्फत ६३ हजार ७ सय ५० ले कर तिरिरहेका छन् । जसमा सबैभन्दा बढी आयकरमा ३७ हजार २ सय ६, मूल्य अभिवृद्धि कर समेतमा ५ हजार ६ सय ८६, अन्तः शुल्क तर्फ ३ हजार २ सय ४२ र प्यानमा २६ हजार ५ सय ४४ रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया