कारवाहीले हुँदैन सचेतना नै विकल्प
लागुऔषध नियन्त्रण बाँकेका लागि लागि गम्भीर समस्याका रुपमा देखिएको नियन्त्रणमा क्रियाशिल पक्षहरुले बताएका छन् । मंगलबार नेपालगन्जमा आयोजना गरिएको लागु औषध दुव्र्यसनी पुनस्र्थापना केन्द्र सञ्चालन परियोजना परिचयात्मक सम्बन्धी कार्यक्रममा बोल्ने सरोकारवालाहरुले लागु औषधको नियन्त्रणमा चुनौति थपिंदै गएको बताएका हुन् ।
प्रहरी कारवाही, सचेनामूलक कार्यक्रम, पुनस्र्थापनाका कार्यक्रम, औषधी उपचारसम्मका कार्यक्रमहरु बाँकेमा चलिरहे पनि लागुऔषधका घटना नियन्त्रणमा आउन नसकेको चिन्ता व्यक्त गरिएको हो ।
सामनाका कार्यक्रम संयोजक आगमन प्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख वीर बहादुर थापाले प्रहरी कारवाहीको वावजुत लागुऔषधको कारोबार रोकिन नसकेको स्वीकारे । ‘कारवाहीले मात्रै लागु औषधको कारोबार र सेवन नियन्त्रणमा आउन नसक्ने निश्चित छ’, उनी भन्छन्, ‘कारोबारी र सेवनकर्ता समातिएकै छन् तर पनि लागु औषधको कारोबार रोकिएको छैन ।’
प्रहरी निरीक्षक थापाले सेवनकर्ता नै कारोबारी बन्दा लागु औषध नियन्त्रणमा आउन नसकेको अनुभव सुनाउँछन् । ‘हामी लागुऔषध बिक्री गर्ने डिलर पत्ता लगाएर नियन्त्रणमा लिन्छौं’, उनी भन्छन्, ‘लागु औषध खरिद गर्न नपाएपछि सेवनकर्ता आफैले ल्याएर खाने र बेच्ने गर्दछन् ।’ उनी खानेहरु नै बेच्ने कार्यमा संलग्न रहेको प्रहरीले गरेको कारवाहीमा भेटिने गरेको छ ।
प्रहरी निरीक्षक थापा लागुऔषधको माग र आपूर्ति दुवै नियन्त्रण नगर्दासम्म दुव्र्यसनीको समस्या समाधान गर्न नसकिने धारणा राख्छन् । ‘लागुऔषध विरुद्धको सचेतना नै नियन्त्रणको प्रभावकारी उपाय हो’, उनी भन्छन्, ‘त्यससँगै उपचार र पुनस्र्थापनाका कार्यहरु पनि आवश्यक छ ।’
पुनस्र्थापना केन्द्रहरुले युवालाई कुलत मुक्त गर्ने विश्वास दिलाउन आवश्यक रहेको निरीक्षक थापाले बताए । ‘रिहाव सेन्टरमा समेत दुव्र्यवहारको गुनासो आउने गरेको छ’, निरीक्षक थापा भन्छन्, ‘उपचार पद्धति पनि फेरिन आवश्यक छ ।’ उपचारका लागि रिहाव सेन्टरमा पुग्नेहरु बीचमै उपचार छोड्ने कारणले पनि कुलतमा पुन फस्ने गरेको निरीक्षक थापाले बताए । लागुऔषध सम्बन्धी मुद्दा बाँकेका बढी रहेको उल्लेख गर्दै निरीक्षक थापाले भने, ‘जेलमा २ सय ७५ र जिल्ला प्रहरी कार्यालयमा ५८ जना थुनामा रहेका छन् ।’ सहरमा रहेको लागुऔषधको दुव्र्यसनी गाउँगाउँमा फैलिरहेको जानकारी दिंदै निरीक्षक थापाले बैजनाथ र कोहलपुर मात्रै पछिल्लो पटक ३७ जना लागुऔषध कारोबारी र सेवनकर्ता समातिएको जानकारी दिएका छन् ।
साहारा हाउसका बोर्ड मेम्बर रविन्द्र सिंह राठौर पनि पछिल्लो समय सेवनकर्ताले नै लागुऔषध बेच्ने गरेको भेटिएको बताउँछन् । ‘लागुऔषध सप्लाई गर्ने डिलर समातिएपछि आफै खरिदका लागि रुपैडिहा पुग्ने गरेका छन्’, उनी भन्छन्, ‘सेवनकर्ता आफुले खाने र सानो परिणाममा ल्याएर बेच्ने गरेको पाइन्छ ।’ राठौंर लागुऔषध सेवनकर्ताले नाफाका लागि भन्दा पनि भारतमा सस्तो पाइने भएकाले आफ्नो कोटा पूरा गर्नका लागि सानो परिणाममा बेच्ने गरेको बताउँछन् ।
लागुऔषध भारतमा भन्दा धेरै गुणा महंगोमा नेपालमा बिक्री हुने भएकाले माफियाहरुले लागुऔषधको कारोबार गर्ने गरेको पाइन्छ । ‘आफुले नखाने तर नाफाका लागि बेच्नेहरु पनि धेरै छन्’, राठौरले भने ।
सीमावर्ती जिल्ला रुपैडिहामा रहेका मेडिकलमा १३ वटा मेडिकलमा खुलेआम लागुऔषध बिक्री हुने गरेको लागुऔषध विरुद्धको अभियन्ता बताउँछन् । ‘समस्या समाधानका लागि दुवै तर्फको प्रशासनले कडाई गर्न आवश्यक छ’, राठौर भन्छन् ।
प्रहरी निरीक्षक थापा लागुऔषधबाट युवालाई जोगाउन विद्यालय स्तरदेखि नै पाठ्यक्रममा त्यसको कुप्रभावबारेको जानकारी समावेश गर्नुपर्ने धारणा राखेका छन् । ‘स्थानीय तहले पनि लागुऔषध नियन्त्रणमा चासो देखाउनु पर्छ’, उनी भन्छन् ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र जोशीले लागुऔषधमा फँसेका युवाहरुलाई पुनस्र्थापना गर्न योजना प्रस्ताव गरिए सघाउने धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य कृष्णा केसी, बाँके प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, वडाध्यक्ष बुद्धिसागर सुवेदी, डा. संकेत रिसाल, नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव तारा रोकाय लगायतले पर्याप्त मात्रामा जनचेतनाको क्षेत्रमा काम गर्न सके लागुऔषधको दुव्र्यसनी नियन्त्रणमा आउन सक्ने धारणा राखेका डिए ।
सर्वेक्षण गरिंदै
नेपालगन्जमा लागुऔषध दुव्र्यसनीमा फँसेकाहरुको तथ्यांक निकाल्नका लागि सर्वेक्षण भैरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सात वटा संस्थाले लागुऔषध दुव्र्यसनीबारे अध्ययन गरिरहेका हुन् ।
‘लागुऔषध दुव्र्यसनीमा फसेकाहरुको तथ्यांक संकलन संख्यात्मक अनुपात निकाल्न लागिएको हो’, सहारा हाउसका बोर्ड मेम्बर रविन्द्र सिंह राठौंरले भने, ‘त्यसका लागि लागुऔषध सेवन गर्ने स्थानको पहिचान, लागुऔषध सेवनकर्ता र स्थानीयबासीसँग कुराकानी भैरहेको छ ।’
‘एक्ज्याक्ड भन्दा पनि सरदर तथ्यांकका लागि काम गरिरहेका हौं’, राठौर भन्छन्, ‘त्यसक्रममा लागुऔषध सेवनका प्रकारहरुबारे पनि बुझ्ने काम भैरहेको छ ।’
गत बैशाख अन्तिम साता देखि सुरु भएको अध्ययन जेठ दोस्रोसाता सम्म सक्ने योजना छ । तथ्यांक संकलनका लागि सहारा हाउस, नवकिरण, प्रेरणा, नव आशा, नव दृष्टि महिला पुनस्र्थापना केन्द्र, सामना र प्रयत्न नेपाल नामक संस्था सक्रिय रहेका छन् ।
२०६८ सालमा गरिएको अध्ययनको तथ्यांक अनुसार नेपालगन्जमा दैनिक लागुऔषध सेवन गर्नेको संख्या २ हजार २ सय ८४ रहेको अनुमान गरिएको थियो । त्यसपछि नेपालगन्जमा लागुऔषध सेवनकर्ता र कारोबारी ह्वात्तै बढेको अनुमान छ ।
मिति २०७६।०२।०७ गते दिनको अं.०३स्०० बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१० हाईस्कुल नजिकबाट जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा ०३ बस्ने सुदिप शाही र ऐ.ऐ. बस्ने गणेश शाही समेत जना २ लाई बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले नाईट्रोजेपाम्प पत्ता थान (२ निजहरुको साथबाट फेला पारी यस कार्यालयमा ल्याई आबश्यक अनुसन्धान भईरहेको ।
साहारा हाउस