नेपालगन्ज विमानस्थलमा डब्लुएफपीको ‘बेस क्याम्प’

नेपालगन्जन्यूज

पश्चिम क्षेत्रकै केन्द्र पारेर विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालगन्ज विमानस्थल परिसर भित्रै आफ्नो बेस क्याम्प निर्माण थालेको छ । बुधबार बेलायती मन्त्री बरोनेस एलिजाबेथले फरवार्ड लजिष्टिक बेसको शिलान्यास गरेकी हुन् ।


१ सय २५ लाख बजेटमा ५ महिना भित्र निर्माण सक्ने गरी सुरुवात भएको निर्माण कार्यपछि प्रदेश तथा राष्ट्रिय स्तरमा आपतकालीन कार्यहरु सञ्चालन गर्न सहयोग पुग्ने विश्वास मन्त्री एलिजाबेथले गरिन् । विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि पेपा ब्रायड फोर्डले प्रदेशमा स्थापना हुने फरवार्ड लजिष्टिक बेसहरु, सरकार र मानवीय संघ, संस्थाहरुको क्षमता अभिवृद्धिले प्रत्येक प्रदेशको बाढी पहिरो जस्ता विपद्को सामना गर्ने क्षमता बढाउने बताए । यसखालका संरचना सात वटै प्रदेशमा निर्माण हुने डब्लुएफपीले जनाएको छ ।


कार्यक्रममा नेपालगन्ज नगरका कार्यवाहक प्रमुख उमा थापामगर पनि सहभागी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया