यतिबेला समग्र देशकाे माैशम खेलकुदमय रहेकाे छ । केही हप्ता अघि मात्रै नेपाल र नेपालीले विविध कठिनाई, असहजता र बाधा अवराेधका वावजुद राष्ट्रिय खेलकुद परिषदकाे स्थापनासँगैकाे पूर्व निर्धारित नीति बमाेजिमकाे लक्ष्यलाई पहिलाे पटक भेद्दै अटुट रुपले २ वर्षे अन्तरालमा ८ अाैं राष्ट्रिय खेलकुदलाई सभ्य, शिष्ट, शालिन,नविनतम एवं भव्यताका साथ नेपालगंजमा सम्पन्न गरेर गाैरवान्वित महसुस गरीरहेकै छन ।
लगतै ५ नं. प्रदेशकाे बुटवलमा सम्पन्न प्रथम मुख्य मन्त्री रनिङ्ग शिल्ड प्रतियाेगिताले खेल प्रेमी तथा खेलाडीहरुलाई थप जाजल्यवान बनाई छाड्याे । यसै क्रममा खेल भित्रकाे पनि इनडाेर गेम बुद्धिचाल खेल अर्थात चेसले एतिबेला समग्र देशभरका सबै विधाका खेलाडीहरुलाई चलाएमान बनाईरहेकाे छ । सहज र सरलका साथ वृहद बाैद्धिकता अार्जन समेत गर्न सकिने बुद्धिचाल खेलमा वि.सं. २०७५ पछि बाँके जिल्लाले भने विशेष फड्काे मार्दै गएकाे छ ।
मिति २०७५ भदाै ८ गते धनराम वलीले बाँके जिल्ला बुद्धिचाल संघकाे नेतृत्व सम्हाले लगतै संघकाे क्रियाशिलता र गतिविधिले बाँकेमा ऐतिहासिक रुपमा पहिलाे पटक महिलाहरुकाे समेत बुद्धिचाल प्रतियाेता सम्पन्न त भयाे नै अझ अगाडि बढ्दै बाँके जिल्लाले पहिलाे पटक ३ जना प्रदेश स्तरिय र २ जना राष्ट्रिय महिला चेस खेलाडी समेत उत्पादन गर्न सफलता प्राप्त गर्याे ।
यहि वर्षकाे वैशाख २३-२५ गते सम्म बुटवलमा सम्पन्न प्रथम मुख्य मन्त्री रनिङ्ग शिल्ड प्रतियाेगितामा बाँकेले चेस मार्फत अर्काे गाेल्ड मेडल प्राप्त गर्याे गर्याे भने लगतै वैशाखकै २७-२८ गते चितवनमा सम्पन्न “अन्तर मा.वि. स्तरिय (कक्षा १० सम्मकाे) खुल्ला प्रतियाेगिता” भानु मा.वि. खजुरा मार्फत गाेल्ड मेडल, ध्रुबतारा विद्या मन्दिर स्कुल सितापुर मार्फत ब्रन्ज र बुद्ध स्कुल नेपालगंजबाट पाँचाै पुरस्कार समेत प्राप्त गर्याे । भर्खरै मात्रै जेठ ३-५ सम्म काठमाडाैंमा सम्पन्न भएकाे २४ अाैं महानगरिय दिवसका अवसरमा अायाेजित प्रथम काठमाडाैं मेयर कपमा समेत U-12 Boys तर्फ बाँके जिल्लालाई कमल पाेखरी इ.मि. स्कुल राँझाकाे कक्षा ४ मा अध्ययनरत १० वर्षका अनुपजंग शाहले ७ चरणकाे प्रतिस्पर्धामा १२७३ र ११८५ रेटेड खेलाडीहरु समेत गरि कुल ६३ प्रतिस्पर्धिहरु रहेकाे चेस प्रतियाेगितामा दाेश्राे स्थान हासिल गरी जिल्लालाई रजत पदक दिलाउन सफल भएका छन ।
३ वटा इभेन्टहरुमा समायाेजन गरिएकाे उक्त प्रतियाेगितामा, पहिलाे U-16 open मा ६६, दाेश्राे U-12 boys मा ६३ र U-12 girls मा २३ गरि समग्र देशभरबाट कुल जम्मा १५२ जना खेलाडीहरु सहभागी रहेको बाँके जिल्ला बुद्धिचाल संघका सदस्य पशुपतिनाथ योगीले जानकारी दिए ।