मापदण्ड बिपरित संचालनमा आएका नेपालगन्जका दुई पानी उद्योगमा शिल लगाइएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्ड विपरितका पानी उद्योगमा ताला लगाइदिएको हो ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ बिपरित पानी उद्योग सञ्चालन गरेको भन्दै किन्ले डिङकिङ्ग बाटर इन्डष्ड्रिज र नेपालगन्ज डिङकिङ्ग बाटर इन्डष्ड्रिजलाई उत्पादन रोक्का राख्ने गरि सिलबन्दी गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिइन् ।
अनुगमन गरिएका २ पानी उद्योगले बजारमा पानी पठाउनु अघि ल्याव परिक्षण गरि पानीको गुणस्तर यकिन गरेर पठाउनु पर्नेमा त्यसो नगरि बजारमा पठाउने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । पानी उद्योग कम्पनीले मापदण्ड बिपरित पानी उद्योग सञ्चालन गरेको र प्रयोगशालाको ब्यवस्था र सोको अभिलेखिकरण, स्वच्छताका मापदण्ड पुरा गरेको नपाइएको जनाएको छ ।
पानी उद्योगमा कामदारको स्वच्छता, उत्पादनको स्वच्छता र गुणस्तरको सुनिश्चितता कायम गरि प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ लागु गर्न निर्देशन दिइएको छ । तर अनुगमन गरिएका दुई पानी उद्योगले उत्पादनको अभिलेख नराखेको, अनुज्ञापत्र नबिकरण भए नभएको बारेमा एकिन बताउन नसकेको, पानीको ल्याव टेष्ट प्रयोगशाला नभएको, फुड ग्रेटको प्रमाणपत्र नभएकाले पानी उद्योगमा सिलबन्दी गर्नु परेको खाद्य निरिक्षक बिगटीले जानकारी दिइन् । पानी उद्योगको भुई र भित्तामा टायल लगाइएको छैन । सबै उत्पादन सामाग्री एउटै कोठामा भद्रगोल अवस्थामा रहेको पाइयो बोगटीले भनिन् । अनुगमन टोलीमा जिल्ला खाद्य प्रबिधि तथा गुणनियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक नेत्रा बोगटी र प्राबिधिक सहायक मनोज यादव, प्रशासन बाँकेका राजेन्द्र शाही लगायत नेपाल प्रहरीका प्रतिनिधिको संलग्नता रहेको थियो ।
बाँकेमा ११ वटा पानी उद्योग मापदण्ड बिपरित सञ्चालनमा आएको भन्दै यस अघि बिभिन्न मितिमा गरिएको अनुगमनका क्रममा उत्पादन गर्न नपाउने गरि शिलबन्दी गरिएको थियो । केहीले मापदण्ड पुरा गरेकाले पुन सञ्चालनमा आएका छन् भने केही पानी उद्योग अझै बन्दको अवस्थामा रहेका छन् । मापदण्ड पुरा नगर्ने उपर खाद्य ऐन नियम बिपरित मुद्दा चल्ने खाद्य निरिक्षक नेत्रा बोगटीले बताइन् । ‘यस अघि मापदण्ड बिपरित सञ्चालित पानी उद्योग बिरुद्ध मुद्दाको प्रक्रियामा छ,’ उनलेभनिन् ।