बर्दिया कारागारमा क्षमता भन्दा दोब्वर बढी कैदीबन्दी रहेको कारागार अनुगमनमा गएका मानवअधिकारकर्मीहरुले बताएका छन् । १२५ जनाको क्षमता भएको बर्दिया कारागारमा २९७ जना कैदीबन्दी रहेको पाइएको अनुगमनमा संलग्न अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।
बर्दिया कारागारमा १०० जना पुरुष र २५ महिला कैदीबन्दी राख्ने क्षमता भए पनि हाल २८६ जना पुरुष र ११ जना महिला रहेका छन् । लैंगिक हिसावले हेर्दा पुरुष कैदीबन्दीको सख्या अत्याधिक छ भने महिलाको सख्या क्षमता भन्दा कम रहेको पाईएको अनुगमनमा संलग्न मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष सुरेश कुमार गौतमले जानकारी दिए ।
यौन अपराधका कैदीबन्दी बढी
बर्दिया कारागारमा कुल थुनुवा सख्याको झण्डै आधा कैदीबन्दी जवरजस्ती करणी मुद्धाको रहेको पाईएको छ । त्यस मध्ये ३ जना सत्तरी बर्ष आसपासका छन् । बर्दिया कारागारमा १२६ जना कैदी बन्दी जवरजस्ती करणी मुद्दाका रहेको पाइएको मानव अधिकार एलाइन्सका बाँके जिल्ला अध्यक्ष प्रभात कुमार ठकुरीले जानकारी दिए . सबैभन्दा बढी कैदी बन्दी जवरजस्ती करणीका रहेको बर्दिया कारागारमा दोस्रो, तेश्रो र चौथौ र पाचौ स्थानमा क्रमस कर्तब्य ज्यान, लागु औषध, मानव बेचबिखन, र चोरी शिकारी मुद्दाका रहेको कारागारका जेलर बिजय कुमार मल्लले जानकारी दिए ।
ब्यवस्थापन राम्रो
क्षमता भन्दा बढी कैदी बन्दी भए पनि बर्दिया कारागारको ब्यवस्थापन पक्ष राम्रो भएको थुनुवाहरुले बताएका छन् । कारागारमा सरसफाई, खानेपानी शौचालयको ब्यवस्थापन पक्ष राम्रो रहेको कारागारका चौकीदार रबि पुनले जानकारी दिए । यहाँको कारागार जेल जस्तो छैन, यहाँ आएका कैदी बन्दीमा नकारात्मक सोचाई हटाई सकारात्मक सोचाई दिने र आनीबानीमा सुधार ल्याउने प्रयास गरिएको कैदी बन्दीहरुले बताएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । कारागार भित्र ब्यायामशाला, खेल्ने ठाउँ रहेको छन भने शिप सिकाइृले त्यहाँका थुनुवाहरुले मुडा, टोपी, बेदवासका लगायतका बस्तुहरुको उत्पादन गरि बिक्रि बितरण गरेर आम्दानी गर्ने गरेका छन् ।
सिकर्मी डकर्मीको तालिम लिई तालिम लिई शिप बढाउने कार्य गरिएको सन्तोष बुढाले बताए । कागारमा आफ्नो मुद्दाको सुनुवाई कहिले हुन्छ भन्ने बारेमा समयमा जानकारी पाउने गरिएको र मुद्दाको सुनुवाईको क्रममा अदालतमा उपस्थिति गराउने गरिएको कैदी बन्दीले बताए ।
कारागारको अवस्था बुझ्न मानव अधिकारकर्मीको एक टोलीले बर्दिया कारागारको अनुगमन गरेको हो । अनुगमनमा सुरेश गौतम, प्रभात कुमार ठकुरी र वसन्त गौतम संलग्न थिए ।