सार्वजनिक हुँदा थपियो यौनिक अल्पसंख्यकको समस्या

नेपालगन्जमा भेला भएका लैगिक तथा यौनिक अल्पसंख्यकहरुले पहिचानका लागि खुलेर सार्वजनिक हँुदा झनै समस्यामा परेको बताएका छन् । उनीहरुले आफनो पहिचान सहित खुले पनि राज्यले दिने सेवा सुबिधाबाट रोजगारबाट वञ्चित भएको गुनासो गरे । ‘संविधान प्रदत्त अधिकारको उपभोग गर्न अझै पनि पाएका छैनौं’, उनीहरुले भने ।


यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको मानवअधिकार संरक्षण तथा प्रवद्र्धनका साथै एचआइभी एडस नियन्त्रण तथा रोकथाम सम्बन्धी कार्यक्रम गदै आएको पश्चिम तारा नेपाल तथा नौलो सिर्जना नेपालले संयुक्त आयोजनामा सबैका लागि संरक्षण र न्याय भन्ने नाराका साथ सरोकारवाला संग छलफल कार्यक्रममा बोल्दै उनीहरुले अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका थिए ।


अन्तराष्ट्रिय मुक्ति दिवसको अवसरमा आयोजित लैगिक अल्पसंख्यक समुदायले शुक्रबार नेपालगन्जमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै पश्चिम तारा नेपालकी परीना चौधरीले यौनिक तथा लैगिक अल्पसंख्यकले अझै पनि सम्मानित जीवन बाँच्न नपाएको बताइन् । हामी खुलेर आफनो जीवन बाँच्न पाएका छैनौ । उनले हरेक पल यौनीक तथा लैगिक अल्पसंख्यकले असुरक्षित रुपमा बाँचिरहेको बताइन् ।


कार्यक्रममा नौलो सिर्जना नेपालका अंकित पुनले पहिचानका साथ खुलेर बाँचेपनि सम्मानित जीवन जिउन नपाएको बताए । ‘दाताको सहयोगमा हामी खुल्यौ । तर पहिचान अनुसार स्थापित हुन सक्यौ न त पुरानो पहिचानमा फर्कन सक्यौ,’ उनले भने । न त महिला भएर बाँच्न पायौ नत पुरुष भएर पुरुषको अधिकार उपभोग गर्न पायौ ।


खुलेर सार्वजनिक भएका यौनिक तथा लैगिक अल्पसंख्यकहरु अधिकांश बेरोजगार छन् । उनीहरुले पहिचान खुलाएर सार्वजनिक हँुदा आत्मसन्तुष्टि पाएपनि आत्मसम्मानका साथ बाँच्न नपाएको गुनासो गरे । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले लैगिक रुपमा रहेका यौनिक अल्पसंख्यकका लागि स्थानीय तहले कार्यक्रम सञ्चालन गर्ने बताए । राज्यको नागरिक रहेका उनीहरुको अधिकार स्थापीत गर्न स्थानीय तह तयार रहेको बताए ।


कार्यक्रममा अधिकारकर्मी कमला पन्तले राज्यले सबै नागरिकलाई समानताको अधिकार प्रत्याभुत गर्र्ने वातावरणको सिर्जना गर्नुपर्ने बताइन् । उनले लैगिक पहिचानका आधारमा कसैलाइ भेदभाव गर्न नहुने बताइन् । कार्यक्रममा बाँकेमा रहेका तेस्रोलिगी महिला पुरुष लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया