सिद्धार्थ हस्पिटालिटी व्यवस्थापनतिर

महेन्द्रनगरबाट व्यवस्थापन सम्हाल्दै बिर्तामोड पुग्ने

नेपाल कै हस्पिटालिटी क्षेत्रको अग्रणी गु्रप सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले मुलुकका ठुला होटलहरुमा व्यवस्थापकीय साझेदारीको अवधारणामा आफुलाई अगाडी बढाउने भएको छ । ७ नम्बर प्रदेश सुदूरपश्चिमको महेन्द्रनगरस्थित होटल न्यु आनन्द ब्यबस्थापकीय साझेदारका रुपमा हस्पिटालिटीको व्यवस्थापनमा हात हालेको सिद्धार्थले सेवा विस्तारमा नयाँ अवधारणा सहित अघि बढेको हो ।


‘यो शुरुवात हो,’ बिगत तीन दशक देखि सेवा दिदै आइरहेको होटल न्यु आनन्दमा थप लगानी सहित व्यवस्थापकीय साझेदारीमा सेवा शुभारम्भ गरेपछि सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले दैनिक नेपालगन्ज सँग भने, ‘केही दिनमैं सुदूरपूर्वको बिर्तामोडमा अर्काे होटलमा व्यवस्थापकीय साझेदाी सहित सञ्चालनमा ल्याइदैछ ।’


होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल म्यानेजमेन्ट, इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरु संचालन गर्दै आएको सिद्धार्थ गु्रपले विहीबारबाट महेन्द्रनगर स्थित होटल न्यु आनन्दमा ब्यबस्थापकीय साझेदारी सहित सेवा बिस्तार गरेको हो ।


औपचारिक रुपमा ७ नम्बर प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपड बोहराले होटल न्यु आनन्दको समुद्घाटन गरे । महेन्द्रनगरबाट पहिलो पटक व्यवस्थापकीय साझेदारी गरेर हस्पिटालिटीमा नयाँ अवधारणामा पाइला चालेको जानकारी दिंदै सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने, ‘हामीले होटल व्यवसाय क्षेत्रलाई भरपर्दो र अझै गुणस्तर बनाउन तालिम सहितका जनशक्ति उत्पादनमा समेत काम गर्दै आएका छौं ।’


प्रमुख कार्यकारी अधिकृत न्यौपानेले व्यवस्थापकीय हिसाबले अन्यत्रका शाखाहरुमा प्रदान हुने सेवा महेन्द्रनगरमा होटल न्यु आनन्दले समेत प्रदान गर्ने जानकारी दिंदै महेन्द्रनगर लगायत ७ नम्बर प्रदेशमा होटल ब्यबसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दसंग सहकार्य गरेर हस्पिटालिटी सेवा प्रदान गर्न लागेको बताए । होटलका सञ्चालक एवं कार्यकारी निर्देशक परमानन्द भण्डारीले थप लगानी र नयाँ व्यवस्थापन सहित सिद्धार्थको व्यवस्थापनमा होटल सञ्चालनमा आएको बताए । ‘बुवाले शुरुवात गरेको होटल व्यवसायलाई निरन्तरता दिदै सेवा गुणस्तर बनाइएको हो’ पर्यटन व्यवसायी समेत रहेका भण्डारीले भने,‘होटलमा लगानी थप गरेर नयाँ व्यवस्थापन गरिएको हो ।’


प्रदेश ७ सुदूरपश्चिममा आन्तरिक र वाह्य पर्यटकहरुलाई भित्र्याउदै आएको होटल न्यु आनन्दले थप लगानी गरेर पुरानो होटललाई स्तरोन्ती गरेर होटल न्यु आनन्दले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीसंग ब्यबस्थापकीय साझेदारी गरेर गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्न लागेको हो । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेका अनुसार, न्यु आनन्द होटलमा ५१ वटा अत्याधुनिक सुबिधा युक्त कोठा, तालिम र पार्टीका लागि २ वटा हल र रेष्टुरेन्ट लगायतका सुबिधाहरु छन ।


होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल÷म्यानेजमेन्ट इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरुको नेटबर्क बनाएर सिद्धार्थ गु्रपले कैलालीको टीकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार, काठमाडौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, लगायतका स्थानहरुमा २२ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । ‘छिट्टै अरु ठाउँका होटलहरुमा पनि व्यवस्थापकीय साझेदारीका साथ आउँदैछौं,’ सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

प्रतिक्रिया

प्रतिक्रिया