रुपा गहतराज
कक्षा आठमा पढ्दै गर्दा प्रेम सम्बन्धमा रहेका डुडुवा गाउँपालिका कम्दीकी अनिशा नाउ र बेतहनी आशिष नाउ बुवा आमाको मन्जुरी बिना घर बाट निस्किए । अहिले अनिशाा २० बर्षकी भइन् भने आशिष २३ बर्षका छन् । तर, अनिशाका बुवा आमा आषिश संग पठाउन मञ्जुर छैनन् । उनीहरुले छोरी लाइ फकाएर भगाएको भन्दै आशिषलाई कारबाहीको माग गरेका छन् । २३ बर्षिय आशिष नाउ अहिले अहिले प्रहरी हिरासतमा छन् । उनी माथि अनिशाका दाजुले जबरजस्ती करणीको आरोप तथा अपहरणमा मुद्दा दर्ता दायर गरेपछि अनुसन्धानका लागि हिरासतमा छन् ।
आशिष प्रहरी हिरासतमा छन भने अनिशा महिला सेलमा बसिरहेकी छन् । रातो जोडिमा आँखामा टिलटिल आशु राख्दै बसेकी अनिशालाई आप्mना बाबु आमाले किन यस्तो गर्दै छन भन्ने पत्तो पनि छैन ।
अनिशाले आफनै बुवा आमाबाट यस्तो ब्यवहार देख्दा दुःखी महसुस गरेको उनले बताइन् । ‘पति जेलमा छन् फोनमा कुराकानी समेत गर्न पाएको छैन, कुटाइले ज्वरो आएको छ,’ उनले भनिन्, ‘उ जेल गयो भने म पनि जेलमा बस्छु ।’ १८ बर्षको उमेरमा घरबाट भागेकी अनिशाले बैधानिक रुपमा २०७५ पुसमा परिवारको मन्जुरी बिना आशिषसँग विवाह गरेकी थिइन् ।
उनीहरु मात्र होइन बाँकेमा अधिकांश यस्ता घटना यस्ता छन् । जुन बलात्कारका मुद्दामा दर्ता भएका छन् । आर्थिक लेनदेन, आपसी रिसबी देखि प्रेम सम्बन्धका घटनामा पनि बलात्कारको मुद्दामा दर्ता भएका छन् ।
कहि दिन अघि एक महिलाले जग्गाको कारोबारमा तीन जना माथि बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगिन । उनले ३ जनाले बन्धक बनाएर बलात्कार गरेको बयान दिइन् । घटना बुभ्mदै जाँदा प्रहरीले जग्गा सम्बन्धी समस्या सुल्झाउन बलात्कारको नाटक गरेको भेउ पायो । प्रहरीका अनुसार, यस्ता समस्या बाँकेमा धेरै नै बढ्दो छ । बिषेश गरी सानोमा बिबाह गरेका किशोरीहरुका अभिभावक किशोर बिरुद्ध बलात्कार अनि बन्धकको जाहेरी लिएर आउने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दिपक मल्लले बताए । ‘सानैमा केटाकेटी मन्जुरीमा बिबाह गर्छन्, माइतीले केटीलाइ खोसेर लैजान्छन्,’ उनले भने, ‘अनी केटा बिरुद्ध अपहरण अनि बलात्कारको मुद्दा चलाउन केटीलाई फकाउछन् ।’ आर्थिक प्रलोभन संगै रिसीबी साध्नलाई समेत बलात्कार जस्तो संवेदनशील कुरालाई पनि मानिहसहरु समान्य बनाइरहेको मल्लको अनुभव छ ।
बाँकेकै एक महिलाले जहिले नि श्रीमानको कुटाइ खानु पर्ने । अनेक बहानामा पतिको यातना सहन सकिनन् । अनि जुत्ति खोजिन् । छोरी र आमा मिलेर उनले आप्mनै श्रीमान बिरुद्ध बलात्कारको मुद्दा दायर गरिन । यो एउटा उदहारण मात्र हो । यस्ता घटना सतहमा मात्र आउने गरेको कानुन ब्यवसायीहरु बताउँछन् । अधिवक्ता कुशमा बश्याल अदालतसम्म पुगेका मुद्दाहरु होस्टयाल हुने कारण पनि यही समस्या रहेको बताइन् । प्रमाण नपुग्नु, बयान फेरिदै जानुले पनि घटनाको संवेदनशीलतालाई दर्शाउने उनले बताइन् । नक्कली पीडितका कारण वास्तविक पीडितहरु न्यायालयसम्म आउन डराउँछन्,’ उनले भनिन, ‘अहिले त यो समस्या मौलाउदै छ ।’
महिला तथा बालबालिका केन्द्रकी प्रमुख श्यामकुमारी मगरले सहमतिमा भएका कुराहरुमा पनि आफुलाइ हिसां भयो भनेर मुद्दा लिएर आउने गरेको बताइन । ‘कतिपयले आर्थिक प्रलोभनका कारण पनि हिंसा भएको भन्दै आउछन्,’ उनले भनिन्, ‘वास्तविक हिंसा पीडितलाई त देखेर नै चिन्न सकिन्छ । तर उनीहरु भने आफुलाई परेको हिंसाबारे खुलेर कुरा गर्दैनन ।’
एकातिर सहमतिमा भएका सम्बन्धमा बलात्कार र हिंसा हुन्छ । अर्कोतिर वास्तविक पीडित न्याय माग्न डराउँछन् । अधिकारकर्मी कमला पन्त सहमतिमा भएका सम्बन्ध र हिंसा जायज हो भनेर बुझनु नै गलत भएको बताउँछन् । ‘कतिपयले आर्थिक प्रलोभनका कारण पनि हिंसा भोन्दै आउछन,’ उनले भनिन्, ‘महिलाको असहमति बीना गरिने यौन सम्बन्ध आफैमा बलात्कार हो । सहमतिमा सम्बन्ध रहला तर सम्बन्धका लागि दबाब दिनु बलात्कार नै हो ।’
बाँके जिल्ला अदालतमा गत आर्थिक बर्ष ९ साउन देखि चैत सम्म ४५ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको जिल्ला श्रेष्ठेदार यदुनाथ शर्माले बताए । जिल्ला सरकारी वकील कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत बर्ष मात्र जबरजस्ती करणीमा ६५ वटा मुद्दा दर्ता भएका छन् ।
अहिले सम्म दर्ता भएका मुद्दा मध्ये जबरजस्ती करणीका १४ वटा मुद्दा सफल ३५ वटा मुद्दा असफल भएका छन् । २०७५ सालमा जबरजस्ती उद्योगमा १२ वटा मुद्दा दर्ता भएका छन् । हाल सम्म दर्ता भएका जबरजस्ती उद्योगमा मुद्दामा २ वटा सफल तथा १८ वटा मुद्दा असफल भएका छन् ।