१३ बर्षिय बालिकामाथि यौन शोषण, अवस्था गम्भीर

असुरक्षित गर्भपतन गर्न खोज्दा नेपालगन्ज–१० की १३ बर्षीय एक बालिकाको जीवन नै जोखिममा परेको छ । यौन शोषणबाट गर्भ रहेपछि औषधी सेवन गरी गर्भपतन गर्न खोज्दा अत्याधिक रक्तस्राव भएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, बालिकाले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको बताउनुभयो । उनलाई आइसीयुमा राखिएको छ । अत्याधिक रक्तस्राव भएपछि रगत समेत चढाइएपनि स्वास्थ्य अवस्था गम्भीर छ । १३ वर्षीय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया