नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँग अनुरोध गरेको छ । संघले मंगलबार ज्ञापनपत्र बुझाउँदै विद्युत आपूर्ति नियमित गर्न माग गरेको हो ।
‘नेपालको अति गर्मी हुने ठाउँको उपमा पाएको नेपालगन्जमा गर्मीमा विद्युत आपूर्तिमा अनियमितता भई उद्योगधन्दाको सञ्चालन अस्तव्यस्त हुनुका साथै सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बन्न पुगेको छ’, संघ अध्यक्ष नन्दलाल वैश्यले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘जेष्ठ महिनामा मुस्लिम समुदायको महान चाड रमजान(ईद) पनि भएकोले नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालको मुख्य प्रसारण लाईनबाट कमतिमा १५ मेघा वाट विद्युत नियमित आपूर्तिका लागि पटक पटक प्रमुखज्यूसँग अनुरोध गर्दा गत वर्ष विद्युत उपलब्ध भएता पनि यस वर्ष फेरी त्यही अवस्था दोहिरना गएकोले १५ मेघा वाट विद्युत तत्काल कोहलपुर सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनको आपूर्ति क्षमतामा अभिबृद्धि गरी नेपालगन्जमा विद्युत आपूर्ति सहज र नियमित बनाउन प्रमुखज्यू समक्ष निवेदन पेश गरेको छु ।’