आज ‘गुरु पुजा’ भव्य रुपमले मनाइँदै

आर्ट अफ लिभिङ्ग नेपालगन्जले आज सोमबार आर्ट अफ लिभिङ्गका संस्थापक श्रीश्री रविशंकरको ६३ औं जन्मोत्सव भव्य रुपले मनाइँदै छ । १३ मे १९५६ मा जन्मिएका आध्यात्मिक गुरु रविशंकरको जन्मोत्सवलाई गुरु पुजाका रुपमा भव्य मनाइरहेको आर्ट अफ लिभिङ्गका प्रमुख प्रशिक्षक योग गुरु काव्य लम्सालले जानकारी दिए ।


लम्सालका अनुसार, जिल्ला संयोजनको नेतृत्व लिएका सञ्जय थापाको अगुवाईमा आर्ट अफ लिभिङ्ग नेपालगन्जले गुरु पुजा गरेको हो । ‘यो शारीरिक स्तरमा मात्र नभएर यसले मानसिक रुपमा पनि धेरै फाइदा पुर्याउँछ’, योग गुरु लम्सालले आर्ट अफ लिभिङ बारे भने, ‘दैनिक ३० मिनेटदेखि एक घण्टासम्म योग, ध्यान, प्राणायम, सुदर्शन क्रियाको अभ्यास गरेमा शारीरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहन सकिन्छ ।’


श्रीश्री रविशंकरले सुखी, स्वस्थ र तनावमुक्त जीवन बाँच्नका लागि पुर्याउनु भएको योगदान मानव मूल्यहरुको पुनरुत्थानका रुपमा बुझिएको योग गुरु लम्सालको भनाइ छ । ‘उहाँद्वारा स्थापित आर्ट अफ लिभिङ्ग मार्फत भएका धेरै सामाजिक कार्यहरुका लागि सरकारी र आम नागरिकको स्तरमा संसारभरी नै सम्मानित हुनुहुन्छ’, मुख्य प्रशिक्षक लम्सालले मानवीय मूल्यहरुका लागि अन्तर्राष्ट्रिय संस्थाका प्रमुख संस्थापकका रुपमा श्रीश्री रविशंकरलाई चित्रण गर्दै भने, ‘यी सबै ठूला र देखिने उपलब्धीहरुका अलावा उहाँ एक सद्गुरु हुनुहुन्छ जसको स्मर्श आत्मीयताले भरिपूर्ण छ र यो व्यक्तिगत अनुभूतिको विषय पनि हो ।’


नेपालगन्जमा गतबर्षदेखि नियमित रुपमा आर्ट अफ लिभिङ्गका कार्यक्रमहरु नियमित रुपमा हुँदै आएका छन् । पाँच सय बढीले यसको प्रत्यक्ष अनुभव गरिसकेको जानकारी दिंदै आर्ट अफ लिभिङ्गका अभियन्ता शंकर प्रसाद खनालले भने, ‘यसलाई बृहत रुपमा अगाडि बढाउन सबैको सहभागिता जरुरी छ ।’


अर्का अभियन्ता सरोज रेग्मीले सामूहिक प्रयासबाट आर्ट अफ लिभिङ्गको कोर्षका लागि स्थायी केन्द्र निर्माणमा प्रयासरत भैरहेको बताए । यसैसाता आर्ट अफ ह्याप्पिनेशको एडभान्स कोर्ष पनि आयोजना गर्न लागिएको द आर्ट अफ लिभिङ्ग नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया