बाँकेको कोहलपुरमा कथाकार एल बी क्षेत्रीको पछिल्लो कथासङ्ग्रह व्रतभङ्गको समीक्षा गरिएको छ । शनिवार अन्तरक्रियात्मक कार्यक्रमबीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले समीक्षाको आयोजना गरेको हो । ‘अधिकांश वक्ताहरुले क्षेत्रीका कथा पारिवारिक र समसामयिक विषयमा आधारित रहेको बताए,’ संस्थाका अध्यक्ष महानन्द ढकालले कार्यक्रमबारे दैनिक नेपालगन्जसँग भने । समीक्षकहरुले पति पत्नीका पारिवारिक तथा यौनजन्य विषयलाई पनि नलुकाई प्रस्तुत गरिएकाले पढ्न लायक रहेको टिप्पणी गरेका थिए ।
समीक्षक खोपीराम वलीले हाम्रो समाजमा पुरुषप्रधान सोच हावी भएको र त्यसले समाजमा विकास अवरुद्ध भएको कुरालाई क्षेत्रीले देखाएको बताए । ‘छोटा आकारमा पनि पूर्ण र सार्थक कथा लेख्ने एल.वि.का कथामा आशा, उर्जा र पारिवारिक आत्मीयताको खोजी गरिएको छ,’ वलीले कथामा केही संरचनागत पक्षमा नवीनता रहेको औल्याउँदै भने ।
अर्का समीक्षक हरि सुवेदीले क्षेत्रीका कथामा कथाका प्रचलित सिद्धान्तको पालना गरिनुका साथै नविन सिद्धान्तको संभावना समेत औल्याएका थिए । कथामा प्रयोग गरिएका भाषा र सिद्धान्तमा मात्र कथाकार अल्झिनु नहुने र हामीले बनाएका शब्दहरु प्रयोग सन्दर्भले श्लील र अश्लील हुने बताए ।
कथाकारका दृष्टिबाट टिप्पणी गर्दै कथाकार सुमित्रा न्यौपानेले क्षेत्रीका कथाहरु समाजका सम्पूर्ण विषयवस्तुलाई खुलस्त रुपले लेखिएका र समाजमा कसैले विश्वास नगरेका पात्रहरु पनि कथामा समेटिएको बताइन् । पाठकीय दृष्टिकोण प्रस्तुत गर्दै लेखक सागर गैरेले अबको २० वर्षपछि क्षेत्रीका कथाहरु अझ महत्वपूर्ण हुने बताए । प्रमुख अतिथिको मन्तब्य राख्दै कथाकार तथा निबन्धकार मध्यपश्चिमका अध्यक्ष सृजन लम्सालले क्षेत्रीका कथाहरुले समग्र समाजको प्रतिनिधित्व गरेको बताए ।
संस्थाका अध्यक्ष महानन्द ढकालले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले भाषा, साहित्य, कलामा लागेका स्रष्टाहरुका रचनाहरुलाई पाठकहरु समक्ष पुर्याउने निरन्तरता स्वरुप पछिल्लो समय चर्चामा रहेको कथा संग्रह व्रतभंगको समीक्षात्मक कार्यक्रम राखेको बताए ।
संस्थाका सचिव पुष्कर रिजालले संचालन गरेको उक्त कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य मणि अर्याल र प्रतिभा साहित्य समाजका अध्यक्ष इन्द्र भण्डारीले शुभकामना मन्तव्य दिएका थिए । बाँके र बर्दियाका झण्डै १२० बढी साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा पाठकहरुले उठाएका प्रश्नमाथि कथाकार क्षेत्रीले आप्mना धारणा व्यक्त गरेका थिए ।
कथाकार क्षेत्रीले आपूmले समाजमा आपूmले देखेका र अनुभव गरेका कुराहरुलाई कथाको विषयवस्तु बनाएको बताउँदै आप्mना कथामा पाठकहरुलाई नढाँटेको बताए ।