नेपालगन्जमा बृहत सत्संग

नेपालगन्जमा बृहत सत्संगको आयोजना गरिएको छ । बुधबार विश्व बन्धुत्व, शान्ति र मानव एक्ताको निम्ति निरंकारी संत समागम भएको हो । हजारौंको सहभागितामा रामलीला मैदानमा सत्संग आयोजना गरिएको हो । त्यसका लागि दुई सय बढी स्वयंसेवक परिचालन गरिएको थियो ।


सत्संगको तयारीमा जुटेका आयोजक सेवा दल ईन्चार्ज रामचन्द्र भट्टराईले सबै धर्म, संस्कृति र संस्कारलाई मानव हितका लागि उपयोग गर्ने उद्देश्यले सत्संग आयोजना गरिएको जानकारी दिएका छन् ।


धर्म परिवर्तन होइन, भावना परिवर्तन गरौं भन्ने मूलमन्त्रका साथ नेपालगन्जस्थित रामलिला मैदानमा आयोजना भएकोे निरंकारी सन्त समागम कार्यक्रममा प्रवचन दिन निरंकारी मिशनका परमपुज्य सतगुरु सदिक्षा महाराजले दिएकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया