बाँके र बर्दियामा रहेका नेपाल भारतका सीमा नाका सोमबार बेलुकाबाट खुलेका छन् ।
भारतमा भएको लोकसभा निर्वाचनलाई ध्यान राखेर शनिबार साँझदेखि ४८ घण्टाका लागी सिमा नाका शिल गरिएको थियो । सोमबार निर्वाचन सम्पन्न भएसँगै बेलुका सवा ६ बजेदेखि सिमा नाका खुलेका हुन । ७ चरणमा सम्पन्न हुने लोकसभाको निर्वाचन अन्तरर्गत पाँचौं चरणमा बाँके बर्दियासँग सिमा जोडिएको उत्तरप्रदेशको बहराइचमा समेत निर्वाचन सम्पन्न भएको थियो ।
केही दिनअघि नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच भएको छलफल अनुसार निर्वाचनलाई ध्यान राखेर ४८ घण्टाका लागी नेपाल–भारत सीमा शिल गरिएको हो ।
नाका बन्दको बेलामा बिरामी, एम्बुलेन्स लगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो । भारतीय निर्वाचन आयोगले ७ चरणमा ३६ राज्य तथा उप–राज्यका ५४२ वटा सिटका लागी ७ चरणमा मतदान मिति तोकेको छ ।