आज भारतमा पाँचौ चरणको निर्वाचन

सीमावर्ती जिल्लाका जनता मतदान गर्दै

छिमेकी राष्ट्र भारतमा आज सोमबार ५१ सिटका लागि पाँचौ चरणको लोकसभा निर्वाचन हुँदैछ । नेपालगन्जसँग सीमा जोडिएका बहराइज जिल्लामा समेत आज मतदान हुँदैछ । निर्वाचनको सुरक्षालाई मध्यनजर नेपाल–भारत सीमाको जमुनाह नाका शनिबार देखि सिल गरिएको छ भने सीमामा दुवै देशका सुरक्षाकर्मीहरुले दैनिक संयुक्त गस्ती गरिरहेका छन् । सीमा शिलका क्रममा नेपालबाट भारत प्रवेश र भारतबाट नेपाल आउन रोक लगाइएपनि उपचार लगायतका आपतकालीन सेवाका लागि भने रोक लगाइएको छैन । मतदान सकिए लगत्तै सीमा पुनः सूचारु हुने रुपैडिहाका थाना प्रभारी मधुपनाथ मिश्रले सञ्चारमाध्यमलाई जानकारी दिए ।


भारतीय निर्वाचन आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि सात चरणमा हुने चुनावमा ९० करोड मानिसले मतदान गर्नेछन् । उनीहरु मध्ये ८ करोड ३४ लाख नयाँ मतदाता छन् । १८ देखि १९ वर्षका नयाँ मतदाता मात्र डेढ करोड रहेका छन् । १० लाख मतदान केन्द्र हुनेछन् भने हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल (भीभीप्याट) हुने मुख्य चुनाव आयुक्त सुनिल अरोडाले बताए ।


भारतीय लोकसभा निर्वाचनलाई मध्यनजर नेपाल–भारत सीमा शनिबारदेखि बन्द गरिएपछि रुपैडिहा बजार सुनसान भएको छ । नेपाली खरिदकर्ताका कारण भीडभाड हुने रुपैडिहा बजार सीमा शिल भएपछि बन्द जस्तै भएको हो । सीमा बन्दको असर नेपाली बजारमा पनि देखिएको छ । भारतबाट तरकारी नआएपछि यहाँ तरकारीको मूल्य बढेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया