कैलाश विकास बैंकलाई अन्तर बैंक फुटसल उपाधी

२९ बैंकबीचको स्पर्धामा उपविजेता एसबिआई


कैलाश बिकास बैंकले नेपालगन्जमा आयोजित प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधी हात पार्न सफल भएको छ । शनिबार भएको फाइनलमा एसबिआई बैंकलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै कैलाश उपाधी जित्न सफल भएको हो ।


निकै प्रतिष्पर्धात्मक फाइनल खेलमा कैलाशले एसबिआईलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । कैलाशका लागी निशान थापाले २ तथा रमेश बोहराले १ गोल गरेका थिए । उपाधीसंगै कैलाश बैंकले नगद २५ हजार रुपैया प्राप्त ग¥यो भने उपबिजेता एसबिआईले १५ हजार रुपैया प्राप्त ग¥यो । यद्धपि एसबिआईका गोल रक्षक दिनेश चटौतले आफु विरुद्धका आधा दर्जन गोल सशक्त ढंगले नियन्त्रणमा लिएर सयौं दर्शकको मन जित्न सफल भएका थिए । उनलाई उत्कृष्ठ गोल कीपरको सम्मान दिइएको छ ।


बिजेता तथा उपबिजेता टोलीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिनाथ सापकोटा, कर्मचारी संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज मिश्र लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । नेपाल राष्ट्र बैंक नेपालगन्ज कर्मचारी संघको आयोजनामा गत बैशाख १४ गतेबाट शुरु भएको प्रतियोगिता २९ वटा टीमको सहभागिता रहेको थियो । नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।

टुर्नामेन्टको सर्बोत्कृष्ट खेलाडी कैलाश बिकास बैंकका खेलाडी रमेश बोहरा हुन सफल भए । टुर्नामेन्टको सर्वाधिक गोलकर्ता भने मेगा बैंक लिमिटेडका वीरेन्द्र बहादुर चन्द भए । उनले आफ्नो टिमलाई प्रतियागिता अवधिभर १८ गोल गर्न सफल भएका थिए । प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिइने संघले जनाएको छ । ‘बैंकबीचका आपसी सम्बन्धलाई खेलका माध्ययमले सुमधुर र बलियो बनाउने विश्वास लिइएको छ,’ आयोजक संघका अध्यक्ष आचार्यले दैनिक नेपालगन्जसँग भने ।

फाइनल खेल हेर्न सयौं दर्शक नेपालगन्ज फुटसलमा पुगेका थिए । नेपागन्ज फुटसलले नेपालगन्जमा फुटसल भित्र्याएपछि यसप्रति आकर्षण पनि बढेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया