बाँकेको कोहलपुरमा रहेको त्रिभुवन माविमा भर्ना नगरिंदा १ सय ६० विद्यार्थी अध्ययनबाट वञ्चित हुने अवस्था आएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रवेश परीक्षा र भौतिक पूर्वाधारको कारणले विद्यालयले विद्यार्थी भर्ना रोकेपछि विद्यार्थी संगठन आन्दोलित भएको हो ।