४३ पुग्यो नेपालगन्जको तापक्रम

यसबर्ष नेपालगन्जको तापक्रम बैशाख महिनामै ४२ डिग्री नाघेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने नेपालगन्जमा यसपटक बैशाखमा तापक्रमले पछिल्ला बर्षका रेकर्ड नाघेको छ ।


गतसाता देखि नेपालगन्जको तापक्रम ४० डिग्री पार गरेको छ । अत्याधिक र न्यूनतम तापक्रम बढ्दा नेपालगन्जमा चर्को गर्मी महसुस गरिएको छ । बढ्दो तापक्रम र तातो हावाका कारण पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ ।


बुधबार नेपालगन्जको अधिकतम तापक्रम झण्डै ४३ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४२.८ डिग्री सेल्सियस रह्यो । बिहीबार भने न्यूनतम तापक्रम नै २६.५ डिग्री सेल्सियस पुगेको छ ।


नेपालगन्जमा हालसम्म अधिकतम तापक्रम १९९५ मा ४६ डिग्री भन्दा पनि उच्च पुगेको भएपनि त्यसको आधिकारिक रेकर्ड हाल उपलब्ध छैन । त्यसपछि २००५ जुनमा ४४.७ डिग्री, सन् २००८ अप्रिलमा ४१.६, २००९ जुनमा ४२.२, सन् २०१० जुनमै ४३.२, सन् २०१२ मा मेमा ४४.२ सम्म नेपालगन्जको तापक्रम पुगेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया