नेपालगन्जमा शैक्षिक चलचित्र निर्माण गरिने

शैक्षिक गुणस्तर, विद्यालय सुधार र प्राबिधिक एवम व्यवहारिक शिक्षाको महत्व सम्बन्धि जानकारीको लागि नेपालगन्जमा शैक्षिक चलचित्र निर्माण गरिने भएको छ । रोचक कथा बस्तु एवम कलाकारिताको माध्यमबाट सरल र सहज रुपमा आम नागरिक तथा शिक्षक, विद्यार्थी, अभिभावक एवम् राज्यलाई सजक र सचेत गराउने उद्देश्यका साथ चलचित्र निर्माण गर्न
लागेको चलचित्र लेखक तथा निर्र्देशक बिपिन खड्काले जानकारी दिएका छन् ।


चलचित्र निर्माण कम्पनी उज्यालो अभियान मिडिया प्रा.लि.ले शिक्षा महत्वपूर्ण विषय भएकाले त्यसैलाई केन्द्र बिन्दुमा राखेर चलचित्र बनाउन लागेको जानकारी दिएको छ । सरल तथा रोचक कथा बस्तुको प्रयोग गरी शिक्षा क्षेत्रमा देखिएका बिभिन्न बिकृति बिसंगति हटाउदै शिक्षकलाई आफ्नो पेशा प्रति जिम्मेवार बनाउन, विद्यार्थीहरुलाई आफ्नो शिक्षा र भविष्य प्रति सजग र सचेत बनाउन, अभिभावकलाई आफ्ना सन्तान अध्यान गरिरहेको बिद्यालयमा बेला मौकामा खोज खबर गर्ने बानिको बिकास गराउने उद्देश्यले चलचित्र निर्माण गर्न लागेको जानकारी दिंदै खड्काले भने, ‘राज्यलाई शैक्षिक नीति निर्माणसंगै प्रभावकारी अनुगमन एवम निगरानी गर्न दवाब दिने यस चलचित्रको उद्देश्य रहेको छ ।’ चलचित्र हेरिसके पछि हरेक नागरिक एवम विद्यार्थी, अभिभावक, शिक्षकहरुको व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास आफुहरुको रहेको निर्देशक खड्काको रहेको छ ।


केही दिनमै शैक्षिक चलचित्रको लागि नयाँ कलाकारहरुको अडिशन लिने लेखक तथा निर्देशक खड्काले जानकारी दिएका छन् । ‘चलचित्र निर्माताहरुको एक समिति निर्माण कार्य अन्तिम चरणमा छ’, खड्काले भने, ‘बैशाख २० गतेसम्म निर्माता समिति निर्माण गरी चलचित्रको गीत तथा राष्ट्रिय स्तरमा चलेका केही चर्चिक अभिनेत्रीहसंग सम्झौंता गरिनेछ ।’


चलचित्रको छायांकन आगामी जेठबाट सुरु गर्ने प्रा.लिले जानकारी दिएको छ । चलचित्र देशका बिभिन्न हलहरुमा प्रदर्शन एवं च्यारिटी शो गर्ने योजना रहेको खड्काले जानकारी दिएका छन् । उनले देश, विदेशका विभिन्न विद्यालयमा पनि चलचित्र प्रदर्शन गरिने उनले बताए ।


चलचित्र निर्माणका लागी आवश्यक सबै प्राबिधिक उपकरण र प्राभिधिक टिम काठमाडौबाट आउने छन् । चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका प्राबिधिक टिम बाट यो चलचित्र छायाकन गरिने निर्माण कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया