मालपोत बाँके : हत्या र किर्ते प्रकरण, यस्तो प्रदेश प्रहरीको रिपोर्ट

Flowchart: Punched Tape: Press Release
lease


मिति २०७६।०१।१३ गते ।  

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ

अपहरण गरी ज्यान मारेको सरकारी कागज किर्तेमा संलग्न १६ जना जेल चलान जना धरौटीमा रिहा

मिति २०७५।१०।२१ गते पार्टनरसिपमा जग्गाको काम गर्ने बाँके जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं. ३ बस्ने खैरुल हसन अन्सारीले र भारत जिल्ला बहराईज थाना मोतिपुर घर भई बाँके जिल्ला नेपालगंज उप-महनगरपालिका वडा नं. १६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारीलाई फोन गरेर चार वाहिनीचोक नेपालगंजमा बोलाई सोही स्थानबाट अपहरण गरी भारतको बाबागंज एरियामा लगेको र मिति २०७५।१०।२२ गते सांझ भारत बाबागंज एरियामा जुनेद अन्सारीको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा लाश फेला परेको घटनामा प्रारम्भिक मुचुल्का लगायतको कार्य प्रहरी थाना भारत नवाबगंजबाट भएको थियो । जुनेद अन्सारीको श्रीमती गौरी मल्ल अन्सारीले भारत नवाबगंजमै गई शव सनाखत गरी सकेपछि २०७५।११।२३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण गरी कर्तब्य गरी मारेको सम्बन्धमा जाहेरी दरखास्त दर्ता भए पश्चात अनुसन्धान गर्दै जाँदा निज खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य  ५ जना को संलग्नतामा निज जुनेद अन्सारीलाई अपहरण गरी कर्तब्य गरी हत्या गरेको  खुल्न आएको छ ।

उल्लेखित घटनाको अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी र (मृतक) जुनेद अन्सारीले मालपोत कार्यालयका कर्मचारीहरु संग मिलि सरकारी जग्गाका सक्कल कागजातहरु आफ्नो नियन्त्रणमा लिई मालपोत कार्यालयका कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने गरेको पाईएको छ । सोही क्रममा निजहरुले जिल्ला बाँके खास कारकाँदो वडा नं. ०७ को कित्ता नं. २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा ९ महिना पहिला खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेको, बाँके जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं. ३ कित्ता नं. १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लालि मल्लको नाममा ८ महिना पहिला जग्गा धनि दर्ता श्रेस्ता कायम गरेको, जिल्ला बर्दिया नेउलापुर गा.बि.स. वडा नं. ७ को कित्ता नं. १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिला खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी मिति २०७५।०९।१२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता (सक्कल कागजात) खैरुल हसन अन्सारी बाट जुनेद अन्सारीले आफ्नो डेरा कोठामा राख्ने गरेकोमा खैरुल हसन अन्सारीले जुनेद अन्सारी संग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गर्ने गरेता पनि जुनेद अन्सारीले नदिएको अनुसन्धानको क्रममा खुल्न आएपछि मृतक जुनेद अन्सारीको कोठाबाट उल्लेखित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद भएका थिए । 

अन्तत: अनुसन्धान पुरा गरी सरकारी वकिल कार्यालय बाँके मार्फत प्रस्तुत मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७६।०१।१२ गतेको निर्णयबाट जुनेद अन्सारीको अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरु खैरुल हसन अन्सारी र सज्जन सैयाद तथा सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न मालपोत अधिकृत लगायत अन्य कर्मचारी र लेखन्दास समेत निम्न व्यक्तिहरु  पुर्पक्षका लागि जेल चलान भएका छन् भने उल्लेखित घटनामा संलग्न अन्य १ जना भारतीय नागरिक सहित १२ जना फरार रहेको हुँदा खोजतलास कार्य भईरहेको छ ।

( पक्राउ प्रतिबादीहरु )

सि.नं. हैसियत नामथर कार्यत कार्यालय /वतन संलग्नता कै
सर्व साधारण खैरुल हसन अंसारी जिल्ला बाँके ने.ग.उ.म.न.पा.३ कागजात किर्ते गराउने  /मृतक लाई भारत सम्म लैजाने पुर्पक्षको लागि थुनामा
,, सज्जन सैयाद नेपालगंज १७ अपहरण गर्ने कार्यमा संलन्न ,,
लेखन्दास बिरु भन्ने बृहस्पती खड्का जि.बाँके ने.ग.उ.म.न.पा.वडा नं.९ कागजात भर्ने ,,
लेखन्दास पप्पु धोबी जि.बर्दिया गुलरिया न.पा.वडा नं.७(वतन) कागजात भर्ने ,,
मा.अ. पुष्पा श्रेष्ठ तत्काल मालपोत कार्यालय बाँके हाल जिल्ला हुलाक कार्यालय बाँके दृष्टीबन्धक पारित गर्ने ,,
मा.अ. राम कुमार रोका भु.सु.तथा मालपोत कार्यालय बर्दिया श्रेस्ताको नक्कल दिने र दृष्टीबन्धक पारित गर्ने ,,
ना.सु. टंक प्रसाद शर्मा भु.सु.तथा मालपोत कार्यालय बाँके जग्गा हाल साबिक गर्ने ,,
ना.सु. राम बहादुर खड्का भु.सु.तथा मालपोत कार्यालय बाँके श्रेस्ताको प्रतिलिपी प्रमाणित गर्ने र दृष्ट्रिबन्धकको लागि पेश गर्ने ,,
ना.सु. रुद्र बहादुर देवकोटा भु.सु.तथा मालपोत कार्यालय बाँके तिनपुस्ते कायम गर्ने ,,
१० ना.सु. कृष्णलाल शर्मा भु.सु.तथा मालपोत कार्यालय बर्दिया नामसारी निर्णय पर्चा खडा गर्ने ,,
११ ना.सु. मान बहादुर के.सी. भु.सु.तथा मालपोत कार्यालय बाँके श्रेस्ताको प्रतिलिपी दिने  
१२ क.अ. (खरिदार) यज्ञश्वर वली भु.सु.तथा मालपोत कार्यालय बाँके कम्प्युटरमा ईन्ट्री सदर गर्ने ,,
१३ खरिदार भुमीराज पोख्रेल भु.सु.तथा मालपोत कार्यालय बर्दिया मोठ भिडाउने, आफै दृष्टी बन्धक लिने ,,
१४ खरिदार शुसिल रिजाज भु.सु.तथा मालपोत कार्यालय बाँके मोठ भिडाउने ,,
१५ क.अ. (करार) लक्ष्मी मल्ल भु.सु.तथा मालपोत कार्यालय बर्दिया कम्प्युटरमा मोठ भिडाउने ,,
१६ का.स. अन्तराम चौधरी भु.सु.तथा मालपोत कार्यालय बाँके राती कार्यालयमा खैरुल हसन अन्सारी र जुनेद अन्सारीलाई मोठ देखाउने ,,
१७ खरिदार तुल्सारानी थारु भु.सु.तथा मालपोत कार्यालय बर्दिया भिडी सकेको मोठ लाई पुन: रोक्का भिडाउने रु ,००,०००। धरौटीमा छुटेको
१८ खरिदार संजय कुमार ठाकुर भु.सु.तथा मालपोत कार्यालय बाँके राजस्व रसिद काट्ने ,,
१९ ... (करार) प्रेम बहादुर चन्द ठकुरी भु.सु.तथा मालपोत कार्यालय बाँके कम्युटरमा जग्गा ईन्ट्री गर्ने ,,

फरार  प्रतिवादीहरु :

सि.नं. हैसियत नामथर कार्यत कार्यालय /वतन संलग्नता
प्रमुख मा.अ. कृष्ण प्रसाद ज्ञवाली भु.सु.तथा मालपोत कार्यालय बर्दिया तोक लगाई जग्गाको नामसारी निर्णय सदर गर्ने
प्रमुख मा.अ. दिर्घ बहादुर पोख्रेल भु.सु.तथा मालपोत कार्यालय कैलाली खैरुल हसन अन्सारीको वयान बाट निजको समेत संलग्नता रहेको भन्ने खुल्न आएको
मा.अ. हेमराज शर्मा भु.सु.तथा मालपोत कार्यालय बाँके तिनपुस्ते निर्णय कायम निर्णय सदर गर्ने
मा.अ. अशोक कुमार भट्टराई भु.सु.तथा मालपोत कार्यालय कावासोती हाल साविक प्रक्यामा संलग्न
खरिदार कुलानन्द राउत भु.सु.तथा मालपोत कार्यालय महोत्तरी मोठ भिडाउने
खरिदार रबिन्द्र थापा ना.न.पा.२ दैलेख कर्मचारीले नै राखेको दृष्ट्रिबन्धक लिखतको रजिष्ट्रेशन फाँटको काम गर्ने
खरिदार किशोर कुमार रिजाल मालपोत का. बर्दिया कर्मचारीले नै राखेको दृष्ट्रिबन्धक मोठमा भिडाउने
का.स. सुर्य प्रसाद उपाध्याय भु.सु.तथा मालपोत कार्यालत बर्दिया श्रेस्ता उतार गर्ने
सर्वसाधारण बच्छराज लोनिया जिल्ला बाँके डुडुवा गा.पा. अपरहण गरी कर्तब्य  गर्ने
१० ,, सब्बिर अली सिद्दिकी जिल्ला बाँके नेपालगंज  ,,
११ ,, अकवर अली खाँ जिल्ला बाँके नेपालगंज२१ ,,
१२ ,, अवधेस ठाकुर भारत बाबागंज ,,

नोट :  

  • पक्राउ १९ जना मध्ये सर्वसाधारण, लेखन्दास १२ जना कर्मचारी पुर्पक्षमा थुनामा रहेको , अन्य जना कर्मचारी रु ,००,०००। धरौटीमा तारेखमा छुटेको
  • अन्य जना भारतिय नागरिक सहित १२ जना फरार रहेको
  • कर्मचारीको सम्बन्धमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट समेत अनुसन्धान भईरहेको
DYSP Prem BDR Basnet hhh
  प्रवक्ता (टिका बहादुर कार्की) प्रहरी नायव उपरीक्षक ९८५७८२५२९९  

मिति :- २०७६।०१।१३ गते ।

प्रतिक्रिया

प्रतिक्रिया