आयोग घेराउ र पुनः पक्राउको प्रहरी प्रयास प्रति अधिकारकर्मीको आपत्ती

मानवअधिकार आयोगद्धारा कोहलपुरका डिएपी सिंहलाई छानबिन गरि कारवाहीको सिफारिस
बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिए पनि पुन पक्राउको डरले राष्ट्रिय मानव अधिकार आयोगको नेपालगंज कार्यालय पुगेका दान बहादुर फडेरालाई अयोग परिसरमै पुगेर पुन पक्राउको प्रयास गर्ने र आयोगलाई घेराउ गरि त्यहाँका सुरक्षा गार्डलाई धम्की दिने प्रहरीको रबैया प्रति बाँकेका अधिकारकर्मीहरुले गंभिर ध्यानाकर्षण भएको जनाएका छन्
प्रहरीद्धारा आईतवार अपरान्ह ४ बजे पछि रातभर राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय घेराउ गरि आयोगको शरणमा पुगेका फडेरालाई पुन पक्राउको प्रयास गरेको र अनधिकृत रुपमा कार्यालय प्रवेश गर्न खोजी आयोगका कर्मचारीलाई इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक रमशे बहादुर सिंहले धम्काउने र आयोगका नोपलगंज स्थित प्रमुख चन्द्रकान्त चापागाई समेतलाई दवाव दिने कार्य प्रहरी अधिकारीहरु बाटै भए पछि अधिकारकर्मीहरुको आकस्मिक बैठक बसेर यस्तो कार्यको बिरोध जनाएका हुन ।


विष्फोटक पद्धार्थ मुद्धाको आरोपमा पक्राऊ परेका जिल्ला हुम्ला ओदानचुली नगरपालिका १ श्रीनगर घर भई हाल बाँके कोहलपुर नगरपालिका वडा नं. ११ एकतानगर बस्ने ३५ बर्षिय दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले ०७६ बैसाख ८ गते साधारण तारेखमा छोडने आदेश गरे पनि प्रहरीले पुन पक्राउको प्रयास गरेको थियो । प्रहरीले उनलाई सरकारद्धारा प्रतिवन्धित नेकपा बिप्लवको कार्यकर्ताको आरोपमा पक्राउ गरी झुट्ठा मुद्धा लगाएको फडेराले बताएका छन् ।


निजलाई प्रहरीले पुन पक्राउका प्रयास गरे पछि फडेराको परिवारले राष्ट्रिय मानव अधिकार अयोग लगायत अन्य मानव अधिकारवादी संघ सस्थालाई गुहारेका थिए । आयोगका कर्मचारी लगायत अन्य मानव अधिकारकर्मीको टोली बाँके जिल्ला अदालत पुगे पछि फडेरा बाँके जिल्ला अदालतबाट सिघै मानव अधिकार आयोगको नेपालगंज स्थित शाखा कार्यालयको शरणमा पुगेका थिए ।


प्रहरीद्धारा पुनः पक्राऊ पर्ने डरले राष्ट्रिय मानवअधिकार आयोगको शाखा कार्यालय नेपालगञ्जमा शरण लिन पुगेको बेला सोहि दिन ०७६ बैसाख ८ गते राति १०.३० बजे ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिँहको कमाण्डमा आएको प्रहरीको टोलीले आयोगको कार्यालयमा गई आयोगका सुरक्षा गार्डमा कार्यरत कर्मचारी हरि बहादुर केसीलाई धम्कि दिई अनाधिकृत रुपमा कार्यालय भित्र प्रवेश गर्ने प्रयास गरेको भन्दै अधिकारकर्मीले उक्त घटना प्रति गभ्भिर ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जनाएका छन् ।
त्यसैगरि सोहि घटनाका सन्र्दभमा, मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागि पेरिस सिद्धान्त बमोजिम स्थापना भएको संबैधानिक र स्वायत्त निकाय राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय,नेपालगञ्जको कार्यालय वरिपरी सुरक्षाकर्मीहरुले अनावश्यक घेरा बन्दि बनाईरहेको घटनाले आफुहरुलाई झनै गम्भिर बनाएको अधिकारकर्मीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरेका छन् ।


अधिकारकर्मीद्धारा जारी बिज्ञप्तीमा अगाडी भनिएको छ ‘संघिय लोकतान्त्रिक शासन प्रणालीबाट संचालित राज्य व्यवस्थामा, राज्यका सवै निकायहरु नेपालको संविधान, प्रचलित कानून बमोजिम संचालन हुन्छन । कानून बमोजिम अदालतद्धारा साधारण तारेखमा छोडने आदेश गरेको व्यक्तिलाई कानूनी प्रक्रिया विपरित पुनःपक्राऊको प्रयास गर्ने र राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय वरिपरि सादा पोशाक र बर्दि लगाएका प्रहरीले निगरानी बढाउने निन्दनीयकार्य तत्कालबन्द गर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौ’
यसरी बिज्ञप्ती जारी गर्नेहरुमा नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, ,राष्ट्रिय मानवअधिकार आयोग, शाखा कार्यालय नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाइ, नेपालगञ्ज उच्च अदालत बार एशोसियशनका अध्यक्ष विकाश आर्चाय, बाँके जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष मोहम्मदअयूव सिद्दिकी, इन्सेकका ५ नं प्रदेश संयोजक भोला महत। एडभोकेसी फोरम नेपालगंजका संयोजक अधिवक्ता बसन्त गौतम, मानव अधिकार एलाइन्सका बाँके अध्यक्ष प्रभात कुमार ठकुरी र फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम र हिमराईट्सका नेपालगंज प्रमुख प्रकाश उपाध्याय रहेका छन् । यसै गरि बिज्ञप्ती जारी गर्नेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगञ्जका अध्यक्ष विश्वजित तिवारी, फातिमा फाउण्डेशनका अध्यक्ष मैमूना सिद्दिकी अधिवक्ता पदम पाण्डे, र अधिकारकर्मी रविन्द्र कुमार कर्ण रहेका छन् ।


माओवादी नेकपा विप्लव समूहमा आवद्धताको आरोपमा पक्राउ परेका दान बहादुर फडेरालाई बाँके जिल्ला अदालतका माननीय न्यायाधीश राम प्रसाद बश्यालको इजलासले बिष्फोटक पदार्थ सम्बन्धि मुद्धामा (७४—०७५—०२२६२—०७५— अ१—०४२४ ) थुनछेक आदेश हुँदा साधारण तारेखमा छाड्ने आदेश गरेको भए पनि न्यायाधीशको इजालस परिसरबाटै प्रहरीले पुन पक्राउको प्रयास गरे पछि उनले मानव अधिकारकर्मी गुहारेका थिए । अधिकारकर्मीको अनुगमनमा आयोगको कार्यालय पुगेका फडेरालाई प्रहरीले आयोगमै पुगेर निगरानी गरि प्रक्राउ प्रयास गरी आयोगमा कार्यरत कर्मचारीलाई धम्क्याए पछि यस बिरुद्ध बाँकेका अधिकारकर्मी आकस्मिक बैठक बढी यस्तो कार्यको बिरोध जनाएका थिए ।


आयोगद्धारा डिसपि सिंहलाई कारवाहीको निर्देशन ः
राष्ट्रिय मानव अधिकार आयोगले इलाका प्रहरी कार्यालयका कोहलपुरका प्रहरी नायव उपरिक्षक रमेश बहादुर सिंहलाई कारवाहीको निर्देशन दिएको छ । आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी डिएसपी सिंहलाई कारवाही गर्न निर्देशन दिएको हो ।
आयोगको नेपालगन्ज स्थित शाखा कार्यालयमा जबर्जस्ती छिर्न खोजेको भन्दै आयोगले प्रहरी नायव उपरिक्षक सिंहलाई घटनाको छानविन गरि कारवाही गर्न नेपाल प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको हो ।


जिल्ला अदालत बाँकेबाट साधा तारेखमा छुटेका दान बहादुर फडेरा पुनः पक्राउ पर्ने डरले नेपालगन्ज स्थिति आयोगको शाखा कार्यालयमा शरण लिन पुगेका थिए । फडेरा आयोग पुगेपछि प्रहरीले आयोगको कार्यालयलाई कडा निगरानीमा राखेको थियो ।


आयोगले सोमबार जारी गरेको बिज्ञप्तीमा बिष्फोटक पदार्थ सम्बन्धि मुद्धामा बाँके जिल्ला अदालतबाट बैशाख ८ गते साधारण तारेखमा रिहा भएका दान बहादुर फडेरा आफु पुन गिरफ्तारीमा पर्न लागेको आयोगको नेपालगंज कार्यालयको सम्पर्कमा आए पछि नेपाल प्रहरीले निजलाई पछ्याउदै निजको पुन गिरफ्तारी गर्ने गरि आयोग परिसरमा घेरा हालीरहेको घटना प्रति आयोगको गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।


सो सम्बन्धमा बैशाख ८ गते आईतबार राती १० ः ३० बजे आयोगको नेपालगंज स्थित परिसरमा पुगी आयोगको प्रवेशद्धार खोल्न आयोगका सुरक्षागार्डलाई धम्की र दवाद दिएको र आयोगको बैठक बसिरहदासम्म आयोगको नेपालगंज कार्यालय परिसर घेराबन्दी भएको तथा नेपालगंज कार्यालय प्रमुखलाई दवाव दिने गरि नेपाल प्रहरीका अधिकारीको तर्फबाट भएको कार्यबाट आयोगले आफ्नो स्वतन्त्रता, स्वायत्तता र मर्यादा माथी ठाडो हस्तक्षेप भएको ठहर गरेको छ ।
आयोगको सोमबार बसेको आकस्मिक बैठकले बाँके जिल्ला अदालतको आदेशबाट रिहाई पछि पुन गिरफ्तारीको सन्त्रासमा हालसम्म आयोग परिसरमै रहेका निज फडेरालाई निजको परिवारका सदस्यलाई सकुसल जिम्मा लगाई सो को जानकारी यस आयोगलाई गराउन नेपाल सरकार बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी निर्देशन दिने निर्णय गरेको छ । रातको समयमा आयोगको सुरक्षागार्डलाई धम्की र दवाव दिने नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रमेश बहादुर सिंहको काम कारवाही र ब्यवहारका सम्बन्धमा आवश्यक छानविन गरि बिभागिय कारवाही गरि आयोगलाई सिघ्र जानकारी गराउन नेपाल प्रहरीका प्रहरी महानिरिक्षक निर्देशन दिने निर्णय गरेको छ । साथै निज दान बहादुर फडेरा र निजको परिवारका कुनै पनि सदस्यलाई मानसिक लगायत अन्य कुनै यातना नदिन र भबिश्यमा यस्ता किसिमका घटनाहरु दोहोरीन नदिन आफ्ना मातहतका सबै प्रहरी कार्यालयहरुलाई सचेत गराउन समेत आयोगले नेपाल प्रहरीका प्रहरी महानिरिक्षकलाई निर्देशन दिने निर्णय गरेको छ । यस सम्बन्धमा आयोगले सोमबारै प्रधान मन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी, बाँके प्रमुख जिल्ला अधिकारी, तथा प्रहरी कार्यालयलाई पत्राचार गरेको आयोगले जनाएको छ ।


‘आम नागरिकको मानव अधिकारको रक्षा गरि कानूनी शासन कायम गर्दै अदालतको आदेशको सम्मान, पालन गर्न आयोग नेपाल सरकार र नेपाल प्रहरीको गंभिर ध्यानाकर्षण गराउदछ । साथै नेपालको संबिधानको धारा ४८ (ख) बमोजिम संबिधान र कानूनको पालना गर्न आयोग सम्बन्धित सबै राजनैतिक दलका कार्यकर्ता तथा नागरिकहरुलाई आग्रह गर्दछ’ आयोगका सचिव बेद भट्टराईद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

आज फडेरालाई परिवारको जिम्मा लगाउन प्रशासनमा बुझाइँदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया