राष्ट्रिय मानवअधिकार आयोगले इलाका प्रहरी कार्यालयका डिएसपी रमेश बहादुर सिंहलाई कारवाहीको निर्देशन दिएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी आयोगले डिएसपी सिंहलाई कारवाही गर्न निर्देशन दिएको हो ।
आयोगको नेपालगन्ज स्थित शाखा कार्यालयमा जबर्जस्ती छिर्न खोजेको भन्दै आयोगले डिएसपी सिंहलाई कारवाही गर्न नेपाल प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको हो ।
जिल्ला अदालत बाँकेबाट साधा तारेखमा छुटेका विप्लव नेतृत्वका नेकपा नेता दान बहादुर फडेरा पुनः पक्राउ पर्ने डरले नेपालगन्ज स्थिति आयोगको शाखा कार्यालयमा शरण लिन पुगेका थिए । फडेरा आयोग पुगेपछि प्रहरीले आयोगको कार्यालयलाई कडा निगरानीमा राखेको छ ।
पढ्नुस् विज्ञप्ति