सुटिङ्ग : सुरक्षाकर्मी नै अगाडि


आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सुटिङ्ग प्रतियोगिता आइतबार पनि जारी रह्यो । प्रतियोगिता अन्तर्गत एयर राइफल र एयर पिस्तोल तर्फ २६ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगिताको आइतबार भएको दोस्रो दिनको खेलमा एयर राइफल महिला तर्फ नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले सबै भन्दा बढी अंक प्राप्त गरेकी छिन् ।

६ सय पूर्णाङ्कको प्रतियोगितामा फुलमायाले ५६५ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक प्रदिप खातिले जानकारी दिएका छन् । खेलमा नेपाली सेनाकी मिरा बन्जाराले ५५२, प्रदेश २ कि निशा लामाले ५१४, प्रदेश ५ की सपना नेपालीले ५१४, प्रदेश नं. १ की तुला देवी खड्काले ४७७, सुदुरपश्चिम प्रदेशकी निर्मला कुमारी साउदले ४६१, सुदुरपश्चिम प्रदेशकै सपना बोहराले ४६२ र गण्डकी प्रदेशकी करिश्मा बस्नेतले ४५२ अंक प्राप्त गरेको मुख्य प्रतिक्षक खातीले बताए ।


त्यस्तै, आइतबार भएको खेलमा एयर पिस्तोल महिला तर्फ सबैभन्दा बढी अंक नेपाली सेनाकी सरिता बस्नेतले ५१६ अंक प्राप्त गरेकी छिन् । प्रतियोगितामा नेपाली प्रहरीकी दुर्गा सिन्जालीले ५०७, प्रदेश ३ की रुविना श्रेष्ठले ५०१, प्रदेश ५ की पुष्पा रोकाले ४७१, प्रदेश नं. २ की उषा पोखरेलले ४४५, प्रदेश नं. १ की संगीता राईले ३ सय ६ अंक प्राप्त गरेकी छन् ।


आइतबार भएको ६ सय पूर्णाङ्कको एयर राईफल पुरुष तर्फ सबैभन्दा बढी अंक गण्डकी प्रदेशका मिलङ्ग गुरुङले प्राप्त गर्न सफल भएका छन् । गुरुङले ५४९ अंक प्राप्त गरेका थिए । प्रतियोगितामा प्रदेश ५ का अर्नभ घिमिरेले ५३८, प्रदेश ३ का कृष्ण घोरासैनीले ५२२ अंक प्राप्त गरेको प्रतियोगिताका मूख्य निर्णायक खातिले जानकारी दिएका छन् । खेलमा प्रदेश नं. १ का युवराज श्रेष्ठले ५१८, नेपाल प्रहरीका राम शरण बईजुले ५०३, प्रदेश २ का सन्तोष शर्माले ४९२, सुदूरपश्चिमका खेलाडीद्वय सुनिल चन्द र आमेस डगौराले क्रमशः ४५४, ४८५ अंक प्राप्त गरेका छन् ।


६ सय पूर्णाङ्ककै एयर पिस्तोल पुरुष तर्फ नेपाली सेनाका विष्णु डिस्वा मगरले सर्वाधिक ५२९ अंक प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेश ५ का केशव चौधरीले ४८४, सुदूरपश्चिमका रुविन थापाले ४२५ र सुदूरपश्चिमकै रण सिंह बुढाले ३६४ अंक हात पारेका छन् । प्रतियोगिता अन्तर्गत आज सोमबार पनि थप खेल हुँदैछन् ।

प्रतिक्रिया

प्रतिक्रिया