रुपा गहतराज
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहदा नेपालगन्ज रङ्गशालामा सुटिङ प्रतियोगिता स्थलमा आइपुगेकी । प्रदेश नं १ बिराटनगरकी तुलादेबी खड्का दुई बर्षिय छोरालाई काखमा च्यापेर प्रतियोगिता निहाल्दै थिइन् । छोराले कहिले बाहिर र भित्र गरेर सताइरहेका थिए । आइतबार आफु पनि प्रतियोगितामा प्रतिस्र्धा गर्ने भएकाले खड्का प्रतियोगिता हेर्न शनिबार नेपालगन्ज रंगशाला पुगेकी थिइन् ।
सात बर्षदेखि सुटिङ खेल खेल्दै आएकी खड्काले काठमाडौमा सम्पन्न छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो स्थान हात पारेकी थिइन् । उनी भन्छिन्, छोराले बाबा संग भुल्ने भएकाले खेल्ने मौका पाएकी हुँ । ‘अभ्यास थोरै भएपनि मेडलको जित्ने विश्वास छ’, खड्काले भनिन् । महिला त्यसमा पनि बच्चाकी आमा भएकाले खड्काले धेरै अभ्यास भने गर्न नभ्याएको बताउँछिन् । ‘बच्चा सानो भएकै कारण सातौमा सहभागी हुन पाइन’, उनले भनिन्, ‘पहिला त बेडमिन्टन खेल्थे पछि पतिले नै घरमा सुटिङका अभ्यास गराउनुभयो चाख बढ्दै गयो ।’ खड्काको चार बर्षीय छोरा र एक १० बर्षिय छोरी छन् । खड्काका पति कौशल आचार्य सुटिङका प्रशिक्षक हुन् । २०४५ साल देखि सुटिङ खेल्दै आएका उनले सात पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । प्रतियोगितामा प्रशिक्षकको भूमिकामा रहेका कौशल पत्नीले सुटिङमा चाख बढाउदै गएपछि हौसला थप्ने काम गरेको बताए । ‘महिलाका लागि चुनौतीपूर्ण खेल भएपनि सम्मानजनक खेल पनि हो सुटिङ’, कौशलले भने ।
तुलादेबी जस्तै प्रदेश नं २ धनुषाकी भावना ढुंगेल पनि आठौ राष्ट्रिय प्रतियोगितामा सहभागी छन् । २०६२ साल बाट सुटिङ खेल खेल्दै छन् । बिबाह पछि खेलमा प्रबेश गरेको बताउने उनले प्रतियोगिताहरुमा सहभागिता जनाउँदा जनाउँदै सुटिङ खेल्ने रुची पढेको बताइन् । भावनाले लुम्बिनी च्याम्पेन्सिप हात पारेकी छन् ।

बिबाह पछि घरमै घर धन्दामा उनी पति खेलाडी भएपछि खेलकुदमा होमिएको बताउँछिन् । उनी भन्छिन्, ‘अब खेल्नु त एउटा नशा बनेको छ ।’ उनका पति मनन घिमिरे नेपाल सुटिङ संघका केन्द्रीय सदस्य हुन् । प्रतियोगितामा संगै जाँदा पत्नीलाई सुटिङमा रुची बढेको घिमिरे बताउँछन् । ‘अनि घरमा रहेको पुराना हतियार प्रयोग गर्दै अभ्यास गराउन थाले । उनले पनि राम्रो गर्न थालिन । चौथो राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पनि पाइन्’, घिमिरेले भने ।
घरको काम धन्दामा सीमित महिलाहरु बिबाह पछि मात्र खेल क्षेत्रमा प्रबेश पाएका छन् । पति खेलकुदमा भएका कारण महिलाहरुले खेलकुदमा प्रबेश पाएका उनस्हरुले अब यो अवसरको सदुपयोग गर्नुपर्ने मनसा बोकेका छन् ।
पिता खेलाडी, छोरी निर्णायक
नेपालगन्का उपमहानगरपालिका २ घरबारी टोलका बदरुदिन अन्सारी सुटिङका खेलाडि हुन् । २०४३ सालबाट सुटिग खेल्दै आएका उनले धेरै राष्ट्रिय प्रतियोगिता सहभागी भएर पदक जितिसकेका छन् ।
एयर पेस्टोलमा पुरुष तर्फबाट आठौ राष्ट्रिय प्रतियोगितामा सहभागी उनी अहिले निकै उत्साहित छन् । किनभने उनकी १६ बर्षिय छोरी जोया अन्सारी सुटिङको निर्णायक भुमिकामा छन् । उनी भन्छन्, ‘निकै खुशि लागेको छ । छोरीलाइ निर्णायक भुमिका पाउँदा ।’

तीन बर्ष देखि सुटिग खेल खेल्दै आएकी जोया दुई वटा राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छन् । एयर पेस्टोलबाट खेल्दै आएकी जोयाले बुवाको खेल हेर्दा हेर्दै आफुलाई पनि सुटिङ खेल्न मन लागेको बताइन् । उनले राष्ट्रिय प्रतियोगिताबाट दुइ काँस्य समेत प्राप्त गरेकी छन् । उनी बाबु छोरी मात्र होइन । बदरुद्दिनका भाइ अब्दुल वाहिद पनि सुटिङका खेलाडी हुन् । शनिबार भएको प्रतियोगितामा अब्दुल पनि निर्णायकको भूमिका थिए ।
नरेन्द्र थापा यतिबेला मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश ५ का उपाध्यक्ष छन् । उनी पनि सुटिङका अन्तर्राष्ट्रिय खेलाडी हुन् । आठौँको व्यवस्थापनको जिम्मेवारी छन । एसियन गेम्सको अनुभव बटुलेका नरेन्द्रको नाममा तीन वटा राष्ट्रिय स्वर्ण पदक छन् ।
‘नेपालगन्जलाई केन्द्रविन्दुमा राखेर भएको आठौँलाई सफल पार्न कुनै कसर बाँकी राखेका छैनौ । नरेन्द्रले भने, ‘सुरुवात संगै सफल रुपमा सम्पन्न पार्ने सबैको दायित्व हो ।’ सुटिङ खेलमा पारिवारिक राज गरेका थापाका परिवार पनि आठौ राष्ट्रिय प्रतियोगिताको फरक–फरक भूमिकामा छन । सन् १९८८ को सियोल ओलम्पिक खेलेकी नरेन्द्रकी दिदी पार्वतीका नाममा राष्ट्रिय पदकको चाङ नै रहेको छ ।

छोरीमान्छे लाइ घर बाट निस्कन गाह्रो हुने समयमा नेपालगन्जकी पार्बती थापाले । ओलम्पिक खेलेकी थिइन् । अहिले उनी प्रशिक्षकको भूमिकामा छन् । वि.सं. २०४६ मा करारबाट सुरु भएको प्रशिक्षकको जिम्मेवारी २०५२ सालमा आएर स्थायी भएको थियो ।
प्रशिक्षक थापाले आठौँमा आफ्नो क्षेत्रमा धेरै भन्दा धेरै पदक जिताउन मीहिनेत गरेको बताउछीन । प्रशिक्षक थापालाई सुटिङको सामाग्री नहुँदा भने अलिकति तनाव छ । उनी भन्छिन्, ‘बिग्रेको बन्दुकको भरमा अभ्यास गरेका छौँ । तर, पनि आशा मारेका छैनौँ ।’
पार्वतीकी बहिनी कृष्णा यतिबेला खेलाडिको रुपमा सहभागी छिन् । उनी छैठौँ र सातौँ राष्ट्रिय खेलकुदकी गोल्डमेडलिष्ट हुन् । आठौँमा पनि स्वर्णपदक जितेर ह्याट्रिक गर्ने लक्ष्यका साथ कृष्णा प्रतियोगितामा सहभागी छन् ।

बाबु छोरा पनि
शनिबार सुटिङ्ग प्रतिस्पर्धा गरेका उत्कर्ष थापाका बुबा उपेन्द्र पनि सुटिङका अन्तर्राष्ट्रिय खेलाडी हुन् । २०४३ सालदेखि सुटिङमा खेल्दै आएको उपेन्द्रले आफ्नो छोरालाई अन्तर्राष्ट्रिय खेलाडी बनाउने सपना देखेका छन् । कक्षा १० मा अध्ययनरत् उत्कृर्ष पहिलो पटक राष्ट्रिय खेलमा सहभागी छन् ।