भलिबलमा एपिएफ र प्रदेश ३, ह्याण्डबलमा आर्मी र गण्डकी विजयी


बाँके, ६ बैशाख ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला–पुरुष भलिबलको लिग चरणका खेल भइरहेका छन् । लिग चरणको खेल अन्तरगत शुक्रवार विहान भएको खेलमा एपीएफ क्लब र प्रदेश ३ बिजयी भएका छन् ।


खजुरास्थित शुक्र भलिवल रंगशालामा भएको पहिलो खेलमा एपीएफले प्रदेश १ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले प्रदेश १ लाई २५–४, २५–९ र २५–१० को सेटमा पाखा लगायो ।


यस्तै प्रदेश ३ ले प्रदेश २ लाई ३–० कै सेटमा हरायो । प्रदेश ३ ले प्रदेश २ माथि २५–९, २५–७ र २५–१३ को सेटमा हरायो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्यो । आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२२ ले गुमाएपनि आर्मीले त्यसपछिको सेट २५–१८, २५–२१ र २५–१४ को सेटमा जित निकाल्यो ।


पुरुष भलिबलतर्फ नै दोस्रो जित निकाल्ने क्रममा एपीएफले प्रदेश ५ लाई ३–० को सोझो सेटमा हरायो । एपीएफले प्रदेश ५ लाई २५–८, २५–२१ र २५–२१ को सेटमा पाखा लगायो ।

नेपालगन्जमा सुरु भएको आर्चरी प्रतियोगितामा ९६ खेलाडी सहभागी
बाँके, ६ बैशाख ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा आर्चरी खेल सुरु भएको छ । नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा खेलमा २५ महिला सहित ९६ खेलाडी सहभागी भएको खेलका मुख्य ब्यवस्थापक रमेश सिवाकोटीले जानकारी दिए ।
पहिलो चरणको खेल शुक्रवार विहानबाट सुरु भएको खेल ९ बैशाखमा सम्पन्ने हुने छ ।

पुरुष हेन्डबलमा आर्मी र गण्डकी प्रदेशको विजयी सुरुवात
बाँके, ६ बैशाख ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा शुक्रवार विहान भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे । त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे ।
त्यसैगरि, शुक्रवार विहान भएको अर्को खेलमा नेपाल आर्मी विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे ।
शुक्रवार बेलुका तीन वटा खेल हुने भएको छ । बेलुकी पहिलो खेल प्रदेश ५ का विरुद्ध प्रदेश २, एपिएफ विरुद्ध प्रदेश ३ र प्रदेश ५ विरुद्ध सुदूरपश्चिम प्रदेश वीच खेल हुने हेन्डबलका बरिष्ठ प्रशिक्षक जयन्त शर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया