महिलाको बाध्यता  : रोजगारीका लागि जोखिमपूर्ण यात्रा

सात जनाको उद्दार
रुपा गहतराज

अन्तरजातीय विवाह गरेकी गोरखाकी २० बर्षीया मन्जु सुनारका पति भुकम्पमा बेपत्ता भए । उनी पतिको घरमा जान पाइनन् । चार बर्षको छोरोलाई आफै हुर्काइन् । उनको सहारा माइती बन्यो । माइतीको बोज कति बन्ने सोंचले उनलाई पोल्न थाल्यो । अनि निर्णय गरिन् बिदेश जाने । ‘यो रहर होइन बाध्यता हो,’ मन्जुले भनिन्, ‘चार बर्षको छोरोलाई छोडेर जाने रहर त कहाँ हुन्छ र !’

 
भविष्य बनाउन मन्जु बिदेश जाने निर्णय गरिन् । १५ हजार दलाललाई बुझाएर उनले वैदेशिक रोजगारीबाट कमाउने सपना बुनिन् । उनी भन्छिन्, ‘बिदेश जाँदाको २ लाख ऋण अझै बाँकी छ ।’ भुकम्पले घर भत्कायो । बेरोजगार पति घर चलाउनै मुस्किल । पहिलो पटक बसमा चढेकी रिमालाई नेपालगन्ज नै बिदेश झै लाग्यो । पाँच बर्षीया छोरीलाई माइतमा छाडेर २५ बर्षीया रिमा पनि बिदेश जान हिडिन् । पति गाउँमै ज्याला मजदुरी गर्छन् । छोरीको भबिष्य सम्झिएर कामको लागि बिदेश जान हिडेको रिमाले बताइन् । पासपोर्ट बनाउन पैसा नलाग्ने भएपछि उनी बिदेश जान सहजै तयार भएको बताउँछिन् ।
रसुवाकी निमा चेम्बो बिबाह भएको एक बर्ष पनि पुगेको छैन । गाउँकै दिदीसँग फोनमा सम्पर्क भए पछि बिदेश जाने रहर जाग्यो । आठ कक्षा मात्र पढेकी उनका पतिलाई पत्नी बिदेश हिडेको थाहासम्म छैन । इराकमा बसेकी गाउँकी दिदीले पठाउछु भनेपछि उनी दलालको फन्दामा परिन् ।

 
नुवाकोटकी एलिना तामाङ्ग भर्खरै २३ बर्षकी भइन । उनी एक छोरा एक छोरीकी आमा हुन । कतारमा गएका पतिले भने जस्तो पैसा कमाउन नसकेपछि उनले बिदेश जाने निधो गरिन् । पति बिदेश जाँदा लिएको ३ लाख ऋण तिर्न सकिएन । इराक जान पैसा नपर्ने भएकाले बिदेश जान लागेको उनले बताइन् । एलिना जस्तै नुवाकोट घर बताउने आइती तामाङ्ग २९ बर्षकी भइन् । भुकम्प अघि पति बिदेश गएका थिए । माघ २०७५ माघमा नेपाल आएका पाँच हजार पैसा मात्र बोकेर ल्याए । रक्सी अनि तासमा दिन बिताउन थाले । ऋण दिनेहरु घरमा आउन थाले । पति खाली हात आएपछि । छोराहरु पढाउन पनि मुस्किल भयो । सानैमा विवाह अनि बच्चा । नढ्न पाइन न कुनै सिप सिक्न पाइन् । अनि आइतीले आफै पैसा कमाउने योजना बुनिन् ।
आइती १० र ५ बर्षीय दुइ छोरा छोडेर इराक जान थालेको बताइन् । गाउँमै इराक जान पैसा नलाग्ने भए पछि । पति संगको सल्लाहमा बिदेश जान घरबाट हिडिन् । एलिना तामांग संगको चिनजानले बिदेश जान तयार भइन् । उनी जस्तै पीडा नुवाकोटकी निरमाया तामाङ्गको छ अपाग बुवा रोगी आमा । सात सन्तान मध्ये साइली उनी घरको स्थिति सुधार हुने आशमा बिदेश जान हिडेको बताउँछिन । राम्रो संग नेपाली पनि बोल्न नजान्ने उनी दलालले नै बस भाडा होटल खर्च तिरीदिएपछि बिदेश जाने तय गरिन् ।

उनीसँगै एकै दिन विदेश हिडेका सात जना बसमा भेटिए । लामो समयपछिको केरकार पछि उनीहरुले वास्तविकता खोलेका हुन् । साना हातहरु नेपालले उनीहरुलाइ नेपालगन्जको सिमाबाट उद्दार गरेको हो । उनी जस्तै आँखामा धेरै सपना बोकेर जोखिमपूर्ण यात्रामा इराक जान थालेका हुन् । एउटै दलालले विदेश पठाउन नेपालगन्जसम्म ल्याएपनि यी महिलाहरु एकले अर्कोलाई नचिन्ने बताएका छन् । सातै जनालाई काठमाडौँबाट बसमा चढाएर नेपालगन्ज ल्याइएको थियो । यहाँबाट एकजना अनुभवी महिलालाई नाका पार गराउन लगाईँदै थियो । नाका के भन्नुपर्छ भन्नेसम्म सिकाएका दलाल भने उनीहरुसँग गएका थिएनन् ।

 
महिलाहरुसँग नागरिकता छैन । न त पासपोर्ट नै थियो । ‘घरमा काम गर्ने हो । मासिक ५० हजार भन्दा बढी हुन्छ’ भनेर दलालले महिलालाई प्रलोभनमा पारेका थिए । मानव बेचबिखनविरुद्ध काम गर्ने साना हात नेपाल बाँकेले यी महिलाको उद्दार गरेको हो । केही दिन अघि नाका पार गरेर दिल्ली जाने गाडिबाट राती उनीहरुलाई उद्दार गरिएको साना हातहरु नेपालका अम्बीका थापाले बताइन् । वास्तविक दलाललाई समेत नचिनेका कारण महिलाहरुले उजुरी नगरेपछि कारबाही गर्ने अवस्था नरहेको अम्बीका थापाले बताइन् । ती सबैलाई आफन्तको जिम्मा लगाइसकिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया