हेमन्त राज काफ्ले
नेपालको प्रमुख ब्यापारिक सहर हो नेपालगन्ज । अजीवको इतिहास बोकेको छ । यो सहरले अझ निकै धेरै विशेषताहरु छन् । यहाँका ठाउँहरुको अझ यहाँका चोकहरुको आफ्नै शान छ । मानिसले नेपालगन्ज काहानिर हो भनेर भन्दा आफुलाई ठाउँको परिचय दिन यो चोकमा छु भन्यो भने त्यहा पुग्न निकै सहज बनाएको छ । तीनै चोक मध्यको त्रिभुवन चोक थुप्रै अनेकतामा एकता बोकेको बेग्लै विशेषता बोकेको चोक हो यो । कुनै पनि आन्दोलनको केन्द्रबिन्दु या आन्दोलनको सारथी हो त्रिभुवन चोक ।
कुनै पनि संस्थाले मैनबत्ती या दिप प्रज्वलन गर्नु पर्यो भने त्रिभुवन चोक नै रोज्छन् । अझ ओरि परि सदाबाहार दुलही झै झुन्डिरहने ब्यानरहरु त विशेषता नै भएको छ यसको । चोक भरिको राजाको पनि राजा चोक हो यो त्रिभुवन चोक । बिहान सालका हरिया पात यत्र तत्र बेच्न बसेका गाउँले तरुनीबाट स्वागत गर्दै सुरु हुन्छ यहाँको व्यापार ।
बिहान चाय वालाको मन्द चियाको गन्द सङ्गै ओरिपरी चना पुरी र हलुवा बेच्ने ठेलाले घेरिएको हुन्छ यो चोक । अझ मानिसहरूलाई विशेष त साझ लालायित बनाउँछ यो चोकले रावडी, पानी पुरी, चाट, लस्सी, विरयानी, खान थुप्रै आउँछन् । यहाँ विभिन्न स्वादको परम आनन्द लिन्छन् । यहाँको व्यापार एक दिनको बिहानदेखि साँझसम्म अलग अलग तरिकाको छ । मानिस यहाँको समोसा र चना फुल्की खान बिहान बिहान अनेक ठाउँ बाट पुग्छन् । अझ त यो अजिबको ठाउँ त पसिना बेच्ने ठाउँ हो । बिहान सयौ युवाहरु सितापुर, फत्तेपुर, राप्तीपारी, अनि बर्दिया अझ भारतको बाबागन्जबाट ज्यामी कामको खोजीमा उभिन्छन् ठिङ्ग चोकमा ।
पहिलो पाट्क नेपालगन्ज आउने जो कोही होस यदि बिहान त्रिभुवन चोक पुग्यो र मानिसको भिड देख्यो भने अचम्म पर्न सक्छ । लेबर, मिस्त्री अनि विभिन्न काम गर्न तयार तरुना युवाहरु लोभ लाग्दो गरि उभिएको देख्दा रहर लाग्छ अनि उनीहरुको आँखाको कौतुहलता देखेर अझ आफैमा उत्सुकता जाग्छ । उनीहरु कामको खोजीमा हो उभिने । सबैलाई काम गर्ने मानिस खोज्न सजिलो बनाएको छ यो चोकले । केही लेबर वा सहयोगी चाहियो भने सजिलै त्रिभुवन चोकमा जाउ भेटिन्छ भनिन्छ । निकै पÞmुर्तिलो देखिन्छन् तिनी युवाहरु । म त काम कुनै सानो ठूलो मान्दिन कामले काम सँग आर्थिक पाटोलाई पनि सबल बनाएको हुन्छ ।
त्रिभुवन चोकले धेरैलाई जागिर दिने गरेको छ सधै । सयौं युवाको भरोसा बनेको छ त्रिभुवन चोक । धेरैको पेट पाल्ने मानिस दैनिकी बेच्ने उद्योग बनेको छ त्रिभुवन चोक । निकै हासिला अनुहारहरु अफुलाई लिने ग्राहक पर्खी बसेका आफ्नो श्रम बेच्न तयार आफ्नो पसिना बेच्न तयार आफ्नै मुल्यमा । यो चोक बिहानीको समय त लेबर र मिस्त्रीकै कब्जामै भनिदिएनि हुन्छ । यहाँका लेवर मिस्त्री आफ्ना लागि आफै मालिक मुल्य आफै गर्छन् शान सँग । सबै निडर देखिन्छन्, सबैलाई बानी पारेको छ त्रिभुवन चोकले ।
सबैलाई कब्जा गरेको छ यो चोकले । अझ तिनी पसिना बेच्नेहरुको मुस्कान देख्दा यस्तो लाग्छकी उनीहरु काम होइन अरु कुनै समय काट्नको लागि आएका हुन् कि जस्तो अजिबको महसुस हुन्छ । त्रिभुवन चोकमा उभिएर हेर्यो भने मस्त मजाको आनन्द दिन्छ यो चोकले । कसैको नजर पुगेको छैन यो चोक ब्यबस्थित गराउने थुप्रै संघ संस्थाहरु छन् यो चोकमा आई ढोल बजाउने अनि आफ्ना कार्यक्रम सफल बनाउँछन् तर कसैलाई चिन्ता छैन यो चोकको नत स्थानीय निकाएलाई मतलब छ । उदासिन छन् स्थानीय निकायहरु यो चोक प्रति तर यो चोक आफैलाई निकै चिन्ता छ आफ्ना पसिना मोतिका दाना बेच्नेहरु प्रति ।