यसरी फेरिंदै छ, नेपालगन्ज रंगशालाको स्वरुप (तस्विरहरु)

खेलकुद पूर्वाधारमा बाँकेले फड्को मारेको छ । त्यसको एउटै मात्र कारण हो, आठौं राष्ट्रिय खेलकुद । प्रतियोगिताको मुख्य आयोजना बाँकेमै हुने भएपछि त्यसैका लागि आधा अर्बका पूर्वाधारहरु बाँकेमा निर्माण भैरहेका हुन् ।

 

‘खेलकुदका लागि यतिधेरै बजेट एकै पटक पाउने सक्ने अवस्था सम्भव हुँदैनथ्यो होला’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने, ‘बाँकेको खेल क्षेत्रका लागि आठौं राष्ट्रिय खेलकुदले करोडौंका पूर्वाधार उपहार दिएको छ ।’ अध्यक्ष ओलीका अनुसार, बाँके मात्रै ४८ करोडका खेल पूर्वाधार निर्माण भैरहेका छन् । ‘आठौंले हाम्रा लागि खेल उत्सवमात्रै होइन उपहार पनि हो’, अध्यक्ष ओली भन्छन् ।
बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगन्ज रंगशाला निर्माण भैरहेको छ । रंगशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ । ‘६ करोड लागतमा फुटबल मैदान र १८ करोड लागतमा भी आइपी प्याराफिट निर्माण भैरहेको हो’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सब इन्जिनियर कार्म शाहीले भने ।

 

प्रतिक्रिया

प्रतिक्रिया