‘आठौं प्रदेश ५ का लागि उपलब्धी’


५०/६० बर्षको इतिहासमा यति धेरै बजेट एकै ठाउँमा एकै पटक खर्च भएको हो पहिलो पटक हो । त्यसैले यो प्रदेश ५ को उपलब्धी हो । – केशव कुमार विष्ट


अहिले हामी आठौं राष्ट्रिय खेलकुदको संघारमा छौं । पहिलो कुरा प्रतियोगिता गर्ने भनिएको छ, काम पनि भैरहेको छ हुने चाहिं कहिले भन्ने अन्योलता देखिन्छ । प्रतियोगिताको तयारीले नै त्यो अन्योलता चिर्ने हो ।

 
अब पनि हामीले सबैले आ–आफ्नो ठाउँबाट तिव्रताका साथ, उच्च मनोबलका साथ क्रियाशिल हुने हो भने हामीले चाहेजस्तो ढंगले आयोजना गर्न सक्छौं । हामीले खासगरी मंसिर २५ गतेभित्र प्रतियोगिता आयोजना गर्ने सोंच राखेका थियौं । तर, मौसमी प्रतिकुलता, स्थानीय माग, प्रतियोगिता निर्धारित समयमै गर्न सकिन्छ भन्ने हाम्रो अनुमान, दुई बर्षको समयमै प्रतियोगिता गर्न सकिन्ने भन्ने नजीर बसाउने उद्देश्यका साथ हामीले मंसिर २५ लाई तयारी गर्यौं । त्यतिखेर सकिन्छ, कि सकिन्न भन्ने चाही थियो । हाम्रो अन्तिममा गएर काम गर्ने बानी छ । तर, एकैचोटी फागुन भन्ने हो भनि अली पछि गर्दा हुन्छ भन्ने जवाफ हुन्थ्यो । अलि अगाडि नै मिति भन्ने हो भने कामको हतारो गर्न अली अगाडि नै काम सकिन्छ भन्ने हाम्रो रणनीति थियो ।

 
सके मंसिर २५ नसके तयारी अगाडि बढ्छ भनेर हामीले मंसिर २५ भनेका थियौं । बजेट अभाव, बर्षाको पानीले पनि निर्माणमा अलिकति ढिलाई भयो । त्यसपछि फागुन २५ भन्ने सोंच राखियो । तर, प्याराफिट बनेर बाहिरबाट आउनु पर्ने त्यसका लागि समय लाग्ने भएका कारणले फागुन अन्तिम साता प्रतियोगिता सम्भव भएन ।

 
२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो । त्यसको दुई बर्ष भित्रै अर्थात् यसै बर्षको चैत्र भित्रै प्रतियोगिता गर्नुपर्छ भन्ने इच्छा शक्तिका साथ, दृढ संकल्पका साथ लागि रहेका छौं । चैत्रमै प्रतियोगिता गर्न पनि समय एकदमै कम छ । हाम्रो सामान भन्सार आएर बसेको ४÷५ दिन भयो । होलीका कारण बल्ल भन्सार क्लिरियन्सको प्रक्रिया सुरु भएको छ । भन्सारका लागि पैसा आवश्यक छ । र, पेश्की लिने प्रक्रियामा छौं । त्यो प्रक्रिया पनि अली लामो छ ।

 
भन्सार पास भएपछि सामान नेपालगन्ज आइपुग्छ । त्यसका लागि चाइनाबाट प्राविधिक सोमबारसम्म नेपालगन्ज आइपुग्नुहुनुेछ । र, फिटिङ्ग सुरु हुनेछ । नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट जडानका लागि लाग्ने समय भनेको १५ दिन हो । तर, डे–नाइट सिफ्ट मिलाएर काम गर्यौं भने १० दिनमा सक्छौं भन्ने लक्ष्य छ । प्याराफिटको काम भनेको अब फिटिङ्ग मात्रै हो । १५ दिनको कामलाई हामीले १० दिनमा सक्यौं भने २५ गतेसम्म प्याराफिट जडान कार्य सकिनेछ । अन्य तयारी भैसकेको छ । ५÷७ दिनमा अन्य ठाउँमा पनि फिनिसिङ्गको काम सकिन्छ ।

 
अर्को चुनाती भनेको बेलझुण्डीको सेन्थेटिक ट्रयाक हो । काठमाडौं बाहिर प्रदेश ५ को दाङ्गमा बन्न लागेको सेन्थेटिक ट्रयाक पहिलो हो । त्यो पनि ४० दिनको प्रोसेसलाई २२ दिनमा सक्ने लक्ष्य राखेका छौं । त्यो पनि चैत्र २५ गतेभित्रमा सक्ने लक्ष्यमा छौं । यो दुई वटा बाहेक हाम्रो बजेट अनुसार पूर्वाधार कुनै तयार भैसके कुनै ५/७ दिन भित्रमा बन्नेछन् ।
झण्डै एक अर्बको बजेटको पूर्वाधार प्रदेश ५ मा निर्माण भैरहेको छ । त्यसमा धेरै बाँके जिल्लामंै छ । बजेटको हिसाबले पनि यो ठूलो हो । सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा जम्मा ७० लाखमा आयोजना भएको थियो । सातौं सकिने बित्तिकै आठौंका लागि बजेट छुट्याउन सुरु गरेका थियौं । ५०÷६० बर्षको इतिहासमा यति धेरै बजेट एकै ठाउँमा एकै पटक खर्च भएको हो पहिलो पटक हो । त्यसैले यो प्रदेश ५ को उपलब्धी हो । प्रदेश पाँचमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल स्टेडियम, पौडी पोखरी लगायतका खेल संरचना निर्माण भैरहेका छन् । कतिपय खेलपूर्वाधारहरु स्तरोन्नती भएका छन् ।
यस पटक खेलाडीहरु पनि सातौंका भन्दा बढी सहभागी हुँदैछ । नेपाल बाहिर रहेका खेलाडीहरु समेत यसपटक आठौंमा खेल्नेछन् । आठौंमा टिम र खेलाडी दुवैको संख्या इतिहासमै बढी छ । यसपटक सात प्रदेश, ३ विभागीय र विदेशमा रहेका नेपालीहरुको टिमले खेल्नेछ । । यो खेलाडीहरुको लागि अवसर हो । अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्ने अवसर खेलाडीका लागि छ ।

 
आठौंका लागि अहिले भएका कामहरु अहिलेसम्मकै उत्कृष्ट र भव्य छ । बजेटलाई अधिकतम परिचालन गरिएको छ । नेपालगन्ज र दाङ्गमा निर्माणाधिन रंगशालामा प्रयोग गरिने घाँस पनि अन्तर्राष्ट्रिय मैदानमा प्रयोग हुने घाँस हो । खेल मैदान र पूर्वाधार स्तरीय छन् ।

 
मिति नतोकिए पनि हाम्रो लक्ष्य आठौं राष्ट्रिय खेलकुद चैत्र २७ गते ६ बजे सम्मानित राष्ट्रपतिबाट उद्घाटन गर्ने रहेको छ । ओलम्पिक टर्च पहिलो पटक नेपालगन्ज आउँदैछ । देशभरीका ओलम्पियन सहभागी भएर ओलम्पिक टर्च उद्घाटनका दिन बालिनेछ । उद्घाटनका दिन साँझ ८ बजे ओलम्पिक टर्च बालिनेछ । जसमा राष्ट्रपतिलाई पनि सहभागी गराउने योजना छ । चैत्र १५ गते बस्ने राखेपको बोर्ड बैठकले प्रतियोगिताको मिति घोषणा गर्नेछ । प्रतियोगिता समापनमा आगामी नवांै राष्ट्रिय खेलकुदको मिति र स्थान पनि घोषणा गरिनेछ । आठौंको समापनमा एघारौंसम्मको आयोजनाको स्थान र मिति टुङ्गो लगाउने प्रस्ताव पनि राखेको छु । संरचना बनाएर आयोजना गर्दा समय लाग्छ त्यसैले तीन वटा राष्ट्रिय खेलकुदको मिति घोषणा गरिए तयारीका लागि सजिलो हुन्छ ।

 
आठौंको कार्यकारी हामी भएपनि आठौंलाई सफल बनाउने मुख्य भूमिका नेपालगन्जबासीको नै हुनेछ । खेलाडीहरु ठूलो सपना बोकेर नेपालगन्ज आएका हुन्छन् । उनीहरुमा नेपालगन्जबाट अपेक्षा राखेका हुन्छन् । त्यो अपेक्षालाई बुझेर खेलाडीहरुको सम्मान र आत्मीयता देखाउनु पर्दछ । नेपालगन्जले खेलाडीहरुमा कस्तो छाप छोड्छ भन्ने नेपालगन्जबासीको हातमा नै छ । नेपालगन्जको आतिथ्यता कसरी प्रकट गर्छ भन्ने यहाँहरुको हातमा छ । ७ हजार खेलाडी, सरकारका मन्त्री, प्रदेशका मुख्य मन्त्री, खेलकुद क्षेत्रका सबै अफिसियल खेलाडी नेपालगन्ज आउँदै हुनुहुन्छ । नेपालगन्जले ठूलो ऐतिहासक अवसर पाउँदै छ त्यसलाई ऐतिहासिक चिनारी हुने गरी छाप छोड्नु पर्छ ।
आठौंको आयोजनासँगै नेपालगन्जले खेलकुद क्षेत्रमा ठूलो सफलता हासिल गर्दैछ । पूर्वाधारदेखि यहाँको व्यापार व्यवसाय बढ्ने गरी एक अर्ब खर्च हुँदैछ । यहाँको अर्थतन्त्र बलियो बनाउन पनि खेलकुदले भूमिका खेल्दैछ ।
नेपालगन्ज रंगशाला र कोहलपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न सक्ने पूर्वाधार निर्माण भएका छन् । यसले यहाँको आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्छ । (राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले आइतवार नेपालगन्जमा सरोकारवालाहरुबीच व्यक्त धारणाको अंश )

प्रतिक्रिया

प्रतिक्रिया