बाँके प्रशासनले भन्यो, ‘अवैध हतियार बुझाउ, नत्र कारवाही’

    जिल्ला प्रशासन कार्यालय बाँकेले अवैध हतियार तत्काल प्रशासनमा नबुझाएमा कारवाही गर्ने चेतावनी दिएको छ ।
    प्रशासनले मंगलबार एक सूचना जारी गर्दै अवैध रुपमा कसैले हतियार राखेको नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सूचित गरेको हो ।

     

    प्रशासनले कानुन बमोजिम इजाजत नलिएको, इजाजत पत्र नविकरण नगरेको वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगरी वा अन्य जुनसुकै तरिकाले राखेको हतियार बुझाउन सूचित गरेको हो ।

    प्रतिक्रिया

    प्रतिक्रिया