आठौं राष्ट्रिय खेलकुदका लागि चुनौति बनेको भिआइपी प्याराफिट अन्ततः नेपालगन्जको नाका छेउ आइपुगेको छ । तीन दिनअघि भारतको कलकत्ता बन्दगाहबाट हिडेका ३ वटा गाडी नेपाल–भारत सीमानाको रुपैडिहामा आइपुगेका हुन् । ‘लामो प्रतिक्षापछिको अन्योलता चिरिएको छ’, अबेर राती प्यारापिट आइपुगेको जानकारी पाएपछि नेपालगन्जन्यूजसँग कुरा गर्दै आठौं राष्ट्रिय खेलकुद प्रचार उपसमितिका सदस्य टिएस ठकुरीले भने ।
‘मंगलबार प्याराफिट नेपालगन्ज आइपुग्छ, त्यसपछि काम धमाधम अघि बढ्छ, बढीमा १५ दिनमा प्याराफिट बनाएर सकिन्छ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले भनेका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बाजागाजा सहित भीआइपी प्यारापिट रंगशाला पुर्याउने बताएका छन् ।
चिनमा तयार भएको भीआइपी प्याराफिट मलेशियन कम्पनीले निर्माण गरी भारतको कोलकत्ता हुँदै नेपाल ल्याउन लागिएको हो । प्यारापिट २५ करोड लागतमा जडान हुँदैछ ।