बाँके प्रहरीले दुई भारतीय नागरिकलाई सन्दिग्ध अवस्थामा पक्राउ गरेको छ ।
बुधबार साँझ ३५ लाख ४२ हजार रुपैयाँ नगद बोकेर शंकास्पद ढंगले हिडेका उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको बाँके प्रहरीका अधिकृत, प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए ।
‘घटनाबारे थप अनुसन्धान भैरहेकाले यसबारे थप कुराकानी नगरौं’, नेपालगन्जन्यूजसँग कुरा गर्दै मल्लले भने । पक्राउ परेकामा ३० बर्षिय एक जना युवक रुपैडिहा निवासी रहेको बुझिएको छ । अर्का उनीसँगै रहेका बालकले भने आफ्नो घर नेपालगन्ज भन्सार कार्यालय नजिक रहेको बताए । के प्रयोजनका लागि त्यति ठूलो रकम लिएर हिडे भन्ने शंकाबाट सुरु गरेको अनुसन्धानपछि मात्रै त्यसबारे जानकारी दिने प्रहरीले जनाएको छ ।