किराना पसलबाट दुध बिक्रीमा रोक लगाउन माग

कानूनी मापदण्ड पूरा नगरि बजारमा भैरहेको खुला दुधको बिक्री बितरणले डेरी ब्यवसायी मर्कामा परेको गुनासो ब्यवसायीहरुले गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसंगको सहकार्यमा जिल्ला दुग्ध ब्यवसायी संघ बाँकेले आयोजना गरेको दुग्ध संकलन र प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीहरुलाई स्वच्छता र गुणस्तर सम्बन्धि अभिमूखिकरण कार्यक्रममा बोल्दै दुग्ध ब्यवसायीहरुले खुल्ला रुपमा बेचिने टुप्पी डेरीका कारण अनुज्ञापत्र लिएर संचालनमा आएका डेरी ब्यवसायी धरासायी हुने अवस्था आएको बताए ।

 
कर छली गरेर भारतिय दुध चोर बाटोबाट नेपाल भित्रिए पनि यसको नियमन हुन नसकेको जिल्ला दुग्ध ब्यवसायी संघ बाँकेका कोषाध्यक्ष प्रभात कुमार ठकुरीले बताए । नियम बिपरित किराना पसलबाट खुल्ला रुपमा दुध बिक्री बितरण कार्यले डेरी ब्यवशायी मर्कामा परेको अध्यक्ष बदरुद्दिन अन्सारीले बताए । नियमत किराना पसलबाट खुल्ला रुपमा दुध बिक्री बितरण गर्न नपाइने ब्यवस्था भए पनि ब्यवहारमा खुल्लमखुल्ला रुपमा दुधको बिक्री बितरण हुँदा समेत नियमनकारी निकाय मुकदर्शक बनेको आरोप सचिव शिव शंकर उपाध्यायले लगाए ।

 

 
स्वास्थ्यका दृष्टिकोणले गुणस्तर जाँच गरि पार्सुलाईजेसन गरेको प्याकेजिङ दुध खान उपयुक्त हुने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले बताए । बाक्लो तर लाग्ने भन्दै उपभोक्ताले बास्तविकता नबुझिक नै खुला दुध उपभोग नहुने भन्दै गौतमले दुधको गुणस्तर र स्वच्छता बुझेर मात्रै दुग्धजन्य पदार्थको उपभोग गौतमले सुझाव दिए ।
डेरी ब्यवसायी बिचको अस्वच्छ प्रतिस्पर्धा, सस्तोको नाममा घरमा डुलाइने खुल्ला दुधको निर्वाध बिक्री बितरण रोक्न नसकेको भन्दै डेरी ब्यवसायीले अनुज्ञापन नलिइक नै किराना पसलहरुमा संचालनमा आएका टुपी डेरीका कारण नियमसंगत ब्यवसाय संचालन गरेका डेरी ब्यवसायी मर्कामा परेको दुग्ध ब्यवसायी संघका बाँके अध्यक्ष अन्सारीले बताए । सस्तो र बाक्लो भन्दा पनि दुधको स्वच्छता गुणस्तर बुझेर दुधको प्रयोग गर्न उपभोक्ता हित संरक्षण बाँकेका सचिव समेत रहेका प्रभात कुमार ठकुरीले आग्रह गरे ।

 
दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ को कानुनी व्यवस्था मार्फत नेपाल सरकारले २०७५ चैत देखि खुला दुधको बिक्री वितरण पूर्ण रूपमा बन्द गर्न खोजेको छ । निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरण गर्ने सबै व्यवसायमा लागू हुने भए पछि त्यसबारेमा दुग्ध ब्यवसायीले दुग्ध संकलन र प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीहरुलाई दुधको स्वच्छता र गुणस्तरका बारेमा अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

 
कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख जोत्सना श्रेष्ठले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशका २०७५ का बारेमा अभिमूखिकरण गर्दै गोठ देखि ओठसम्मको दुग्ध उत्पादन र बिक्रि बितरणमा स्वच्छता र गुणस्तर कायम राख्नु पर्दै भन्दै नियम बिपरित बिक्रि बितरण भए कारवाही हुने बताईन ।
कार्यक्रममा उपभोक्ता अधिकार र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराउदै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक अधिकार भएकाले सबैले यसको पालना गर्नु पर्नेमा जोड दिए ।

 
दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धि नया निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम राख्न निर्देश गरेको भन्दै यसको पालना नभए उपभोक्ताको हित बिपरित कार्य गर्नेलाई कानूनको दायरामा ल्याउनु पर्नेमा गौतमले जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया