‘सेन्ट्रल प्लाजा’ अब पाँच तारे होटल

लगानी थपेर ६० करोड, सेन्ट्रल प्लाजा रिसोर्टमा ३० करोड लगानी गरिंदै
औपचारिक सेवा प्रारम्भको १४ महिनामै होटल सेन्ट्रल प्लाजाले स्तर वृद्धि गरि पाँच तारे होटलको मान्यता प्राप्त गर्न सफल भएको छ । यसबीच लगानी थपेर ६० करोड पु¥याएको बाँकेको कोहलपुरस्थित सेन्ट्रल प्लाजाले मंगलवार पर्यटन विभागबाट पाँच तारे स्तरकोे प्रमाणपत्र प्राप्त गरेको हो ।

 
‘हाम्रा लागि यो थप खुशीको कुरा हो,’ पाँच तारे होटलको प्रमाणपत्र बुझेपछि सेन्ट्रल प्लाजाका प्रवन्ध निर्देशक देवानन्द अर्यालले दैनिक नेपालगन्ज सँग भने, ‘सेवा सुविधामा सुरु देखिनै फाइभ स्टारको क्वालिटी रहेपनि वर्गिकरणपछि उत्साह थपिएको छ ।’

 
प्रेसिडेन्सियल स्वीट सहित २६ वटा अति विशिष्ठ कक्ष रहेको सेन्ट्रल प्लाजामा १८ हजार मुल्यसम्मका ८० वटा कोठा उपलब्ध छन् । ‘सबैको सहज पहुँचका दृष्टिले ४ हजार ५ सय रुपिया मुल्यका कोठा पनि उपलब्ध गराएका छौं,’ ८० जनालाई रोजगारी उपलब्ध गराइहेका अर्यालले स्थानीयलाईनै प्राथमिकतामा राखेको जनाउ दिंदै सयबढीलाई रोजगारीको लक्ष्य केही समयमै पुरा हुने बताए ।

 
कोहलपुर बजार छेउ पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकैको होटल सेन्ट्रल प्लाजाले प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका आन्तरीक तथा बाह्य पर्यटकलाई सुविधा पु¥याउने लक्ष्य राखेको छ । ३२ स्क्वयार फिटको स्वीमिङ्ग पुल, दुईवटा बार, तिन वटा सेमीनार हल रहेको रहेको सेन्ट्रल प्लाजाका तीन ब्लकमा ५० देखि ६ सय जना क्षमता रहेको तीन वटा सेमीनार हल तथा स्पा, जिम, सपीङ्ग कम्पलेक्स, बेकरी लगायत सेवा प्रवाह गरिएको प्रवन्ध निर्देशक अर्यालले जानकारी दिए । मध्य तथा सूदुरपश्चिम क्षेत्रका गेट वे का रुपमा रहेको कोहलपुरमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित स्तरिय होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

 
युवा उद्यमी अर्यालले सेन्ट्रल प्लाजाको पहिलो वार्षिकोत्सवमै बर्दियाको ठाकुरद्वारामा सेवा विस्तार गर्दै ५ तारे रिसोर्ट निर्माण अगाडी बढाइसकेका छन् । ३० कोठा रहने सेन्ट्रल प्लाजा जंगल रिसोर्टका लागि ३० करोड लगानीको योजना सुनाउँदै अर्यालले अधिकाँश जनशक्ति स्थानीयस्तरबाटै पूर्ति गरिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया