यूएइमा शानदार प्रदर्शन गरी म्यान अफ द सिरिज उचाल्न सफल नेपालगन्जका खेलाडी अविनाश बोहरालाई बुधबार स्वागत सम्मान गरिएको छ ।
बाँके जिल्ला क्रिकेट संघले बोहरलाई नेपालगन्ज विमानस्थलमै पुगेर स्वागत गरेको थियो । संघका अध्यक्ष दुर्ग बहादुर थापाको नेतृत्वमा मंगलबार भएको बैठकले बोहरालाई भव्य स्वागत सम्मानको निर्णय गरेको थियो । पुष्पलाल चोकबाट विशेष स्वागत सम्मान गरेको संघले जानकारी दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य बोहराले यूएइमा भर्खरै सम्पन्न टि–ट्वान्टी प्रतियोगितामा म्यान अफ द सिरिज उपाधी जित्न सफल भएका थिए । उपाधी जित्न सफल नेपाली क्रिकेट टोलीमा सहभागी सबै खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।