सरकारी मोटरसाइकलमा आगजनी

शनिबार नेपालगन्जमा बढैयाताल गाउँपालिकाको मोटरसाइकलमा आगजनी गरिएको छ । कक्षा ८ को उत्तरपुस्तिकाका सम्बन्धमा नेपालगन्जको एक प्रेसमा कामको सिलसिलामा आएको गाउँपालिका शिक्षा शाखा प्रमुख विशेष ढकाल चढेको भे १ ब १०७६ नम्बरको मोटरसाइकल आगजनी गरिएको हो ।

 
कारकाँदो स्थित नेपाल टेलिकम कार्यालय अगाडि दुई व्यक्तिले मोटरसाइकल रोकेर आगो लगाइदिएको ढकालले जानकारी दिए । ‘मोटरसाइकल रोकेर आगो लगाए, मैले निभएपछि पुनः आएर आगो लगाएका हुन्’, उनले भने, ‘के कति कारणले आगो लगाउन खोजेका हुन् भन्ने जानकारी पाउन सकिन ।’ तत्काल आगो निभाइएकाले ठूलो क्षति भने हुन सकेन ।

 
नेविसंघले शुक्रबार प्रदर्शन गर्दै नेविसंघले शनिबार सरकारी गाडी चल्न नदिने बताएको थियो । नेविसंघले शनिबार सरकारी गाडी चल्न नदिने कुराको जानकारी भने सरकारी कर्मचारीले थाह पाउन सकेका छैनन् । पूर्व सूचना विना आतंकित पार्ने काम भएको एक सरकारी कर्मचारी बताए । यद्यपि, आगजनीमा नेविसंघ केही बोलेको भने छैन ।

प्रतिक्रिया

प्रतिक्रिया