नेपालगन्जमा अख्तियारकै अधिकारी अख्तियारकै फन्दामा

आइतबार साँझ अख्तियारकै अधिकारी अख्तियारको फन्दामा परेको स्रोतले जानकारी दिएको छ । क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना असई चार लाख रुपैयाँ घुससहित अख्तियारकै फन्दामा परेको स्रोतले बताएको छ ।
नेपालगन्जमा घुस्याहा कर्मचारी विरुद्धको कारवाहीमा सक्रिय रहेको अधिकारी आफै कसरी घुसको ट्रयापमा परे भन्ने द्विविधा अख्तियारकै अधिकारीमा रहेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई आइतवार साँझ नेपालगन्जबाट पक्राउ गरेको हो । जैसीबाट चार लाख घुससहित पक्राउ गरेको अख्तियार श्रोतले दाबी गरेको छ ।
नेपालगन्जमा कार्यरत इन्जिनियरसँग लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको बताइएको छ । यद्यपि, उनी यसअघि घुस्याहा कर्मचारी विरुद्ध सक्रिय रुपमा लागेका कर्मचारी भएकाले उनलाई फसाउन खोजिएको हुनसक्ने आशंका पनि चर्चामा छ । अख्तियारका कसुल अनुसन्धान कर्ता जैसीलाई फँसाउन खोजिएको वा उनले घुस लिएका हुन् भन्ने बारे अनुसन्धान भैरहेको अख्तियारका अधिकारीले बताएका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भने पुष्टी गरेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया