क्यान्सर पीडित कुँवरलाई सहयोग जुटाउन समिति

राष्ट्र सेवक कर्मचारीका रुपमा लामो समयदेखि बाँकेमा सेवारत बिन्दु कुँवरको उपचारका लागि नेपालगन्जमा सार्वजनिक समिति गठन गरिएको छ । करिव १ बर्ष देखि अस्वस्थ कँुवर क्यान्सर बिरुद्धको उपचारमा छिन् । उनको उपचार खर्चका लागि आर्थिक अभाव भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपमहासचिव रचना श्रेष्ठको संयोजकत्वमा सहयोग संकलन समिति गठन भएको हो ।

 
समितिको सहसंयोजकमा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, सदस्य सचिवमा बाल अधिकारकर्मी साहिल अन्सारी छन् । सदस्यहरुमा माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोईराला, पश्चिम तारा नेपालकी परिना चौधरी, साना हातहरुकी संयोजक अम्बिका पुन, बाल अधिकारकर्मी श्वेता गुरुंग, नेपाल पत्रकार महासँघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदी रहेका छन् ।

 

समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका निबर्तमान केन्द्रीय सदस्य झलक गैरे, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाह रहेका छन् । समितिले बिभिन्न तवरले आर्थिक संकलन गरि कुवँरलाई सहयोग हस्तान्तरण गर्ने सहसंयोजक नमस्कार शाहले जानकारी दिए । शाहका अनुसार, सहयोगका लागि सबैलाई अपिल गरिनेछ ।
महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहेकी कुँवर 
हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया