नेपाल जडिबुटी व्यवसायी संघमा नेतृत्वका लागि मतदान भैरहेको छ । सर्वसम्मतका लागि गरिएको प्रयास अध्यक्ष र उपाध्यक्ष पदमा सफल नभएपछि दुई पदका लागि निर्वाचन गरिएको छ । सो बाहेकका कार्यसमिति भने सहमतिमै सर्वसम्मत निर्वाचित भएका छन् ।
महासचिवमा मोहम्मद रहीस हलवाई, कोषाध्यक्षमा मोहम्मद असलम हलवाई र सदस्यमा मोहम्मद शादाब हलवाई, हफिजÞुर्रहमान अन्सारी, सन्तोष कुमार वर्मा, अख्तर अली हलवाई, मोहम्मद इद्रीस हलवाई, मोहम्मद शमीम हलवाई, मोहम्मद आजÞम हलवाई निर्बिरोध निर्वाचित भएका हुन् ।
संघको अध्यक्षमा शकील अहमद जसगढ़ र मोहम्मद याकूब अन्सारीबीच र उपाध्यक्ष पदका लागी हाजी मोहम्मद युनुस हलवाई र मान बहादुर वलीले प्रतिस्पर्धा भैरहेको छ ।