बसपार्क तयार हुन अझै तीन महिना

नेपालगन्जमा अत्याधुनिक वसपार्क निर्माण सकिन अझै तीन महिना लाग्ने भएको छ । समयमै काम नसकेर तेस्रो पटक म्याद थपिएको बसपार्कको निर्माण तीन महिना भित्र सकिने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले जानकारी दिए । ‘ठेकेदारलाई बोलाएर छिटो काम सक्न अनुरोध गरेका छौं’, नगर प्रमुख राणाले भने ।

 
अन्र्तराष्ट्रियस्तरको वसपार्क निर्माणका लागि युनाईटेड बिल्डर्सले पाएको छ । यसअघि सयममै काम हुन नसकेपछि तेस्रो पल्ट समय थापिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरी प्याकुरेलले थपिएको अवधीभित्रै काम सक्न ठेकेदारलाई आग्रह गरेको बताए ।

 
नगर प्रमुख डा. राणाले बसपार्ककको काम तेस्रो पल्ट ठेक्काको समय थपेपछि करिव ७५ प्रतिशत सकिएको छ । ‘यही गतिले काम हुने हो भने थपिएको समयावधि भित्र काम सम्पन्न हुनसक्छ,’ उनले भने, ‘निमार्णको कामको स्थलगत अध्ययन गरिरहेका छौ“ ।’

 
वसपार्क निमार्णका लागि निमार्ण कम्पनीले १४ करोड ९४ लाखमा ठेक्का कबुल गरेको छ । साढे चार बिघा क्षेत्रफलमा निमार्ण भइरहेको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्ने लक्ष्य छ । निर्माण कम्पनीले ठेक्का कबोल गरेको मितिले १५ महिनाभित्रै बसपार्कको काम सक्ने सम्झौता थियो । समयमै सम्पन्न हुन नसकेपछि दोस्रो पल्ट म्याद थपिएको छ । अन्तर्राष्ट्रियस्तरको वसपार्क निर्माणको काम दुई वर्षअघि सुरु भएको थियो । गत बैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिए पनि निमार्णको काम पूरा हुन सकेन । निर्माणमा ढिलाइ हु“दा सवारी साधनहरु पार्किङ गर्न समस्या भएको छ ।

 
टिकट काउन्टर घुम्तीमा राखिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको छ । उक्त ऋणको रकम वसपार्कमा आउजाउ गर्ने सवारी साधनहरुबाट उठेको पैसाबाट तिर्ने लक्ष्य छ । बसपार्कको निर्माणको काममा ढिलाई ह“ुदा सवारी साधन पार्किङमा समस्या छ । सडकमै पार्किङ गर्दा जाम हुने गरेको छ । गणेशपुरस्थित उक्त बसपार्कबाट मुलुकभरी दैनिक करिब ५ पा“च सय बढी सानाठूला सवारी साधनहरु आउजाउ हुन्छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण सुरु गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया