भेरीलाई विशेषज्ञ अस्पताल बनाउन सहमति

सरकारले भेरी अञ्चल अस्पताल नेपालगन्जलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको छ । मन्त्री परिषद्को बैठकले भरीलाई विशेषज्ञ सेवा दिने अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिएको हो ।

 
सरकारले भेरी अञ्चल अस्पताल सहित देशका ५ वटा अस्पतालको क्षमता विस्तार गर्ने भएको । त्यसका लागि मन्त्रिपरिषद्ले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया