लुम्बिनी अस्पताललाई प्रदेश अस्पताल बनाउने तयारी, के होला नेपालगन्जको

प्रदेश ५ मन्त्री परिषद्ले लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रस्ताव प्रदेशसभामा लग्न सैद्धान्तिक सहमति दिएको छ । हाल रहेको लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल राख्ने निर्णय गराउन प्रदेशसभामा उक्त प्रस्ताव लग्ने तयारी गरिएको हो ।
नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पतालको पनि स्तर वृद्धि भैरहेको छ । लुम्बिनी अस्पताललाई प्रादेशिक अस्पताल कायम गरिए भेरी अञ्चल अस्पताल कुन संरचनामा रहनेछ भन्ने प्रश्न भने उठ्नेछ । प्रदेशको अस्थायी राजधानी butwal बनेपछि nepalgunjnews bate office haru क्रम जारी छ । त्यसैक्रममा भेरीलाई प्रादेशिक अस्पताल बनाउन सम्भावना समेत लुम्बिनी अस्पताललाई प्रदेश स्तरीय अस्पताल नामाकरण गर्ने तयारी गरिएपछि सकिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको हो । सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ ।
त्यसैगरी बैठकले प्रदेश तथ्याङ्क सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया