महासंघका प्रतिनिधिले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री

उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघको टोलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सँग भेट गरेको छ ।
सोमबार उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोली भारतको लखनउ पुगेर भारतसँगको उद्योग, व्यापारमा नेपाली व्यवसायीहरुले भोग्नु परेको समस्याका बारे उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई जानकारी गराएका थिए ।

त्यसक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल भारत सम्बन्धको चर्चा गर्दै समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए ।

टोलीमा महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य  संघका अध्यक्ष नन्दलाल वैश्य लगायत सहभागी थिए ।

 

 

प्रतिक्रिया

प्रतिक्रिया