होटल व्यवसायी संघ बाँकेको अधिवेशन अनिश्चित

होटल व्यवसायी संघ बाँके नेपालगन्जको अधिवेशन अनिश्चित भएको छ । आगामी बुधबार गर्ने भनिएको साधारणसभा विशेष कारणवश भन्दै स्थगित गरिएको हो ।

 
१५ औं बार्षिक साधारणसभासँगै ९ औं अधिवेशन तय गरिएको भएपनि निर्धारित मितिको दुई दिन अघि अधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो । संघका अध्यक्ष निम बहादुर थापाले एक सूचना जारी गरी अधिवेशन ‘विशेष कारणवश अर्को सूचना प्राप्त नहुँदासम्मको लागि’ स्थागित गरिएको बताएका छन् ।

 
यसअघि आइतबार साझा समावेशी समुहले वर्तमान वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेकोे छ । बरिष्ठ उपाध्यक्षमा प्रेम खत्री, उपाध्यक्षमा गोपाल गिरी, महासचिवमा घनश्याम थापा क्षेत्री, सचिवमा रतन बुढाक्षेत्री, कोषाध्यक्षमा टिकाप्रसाद खनाल र सह–कोषाध्यक्षमा जुना कंडेल रहेका छन् ।
कल्पना लामा, कर्ण बहादुर शाही, राम गोपाल वैश्य, अनिता लामा, लक्ष्मीराज शाही, इन्द्र बहादुर थापा, दुर्गा कंडेल र राजेन्द्र गोविन्द सोनी सदस्य पदका लागि उम्मेदवार बनाइने संघका संस्थापक अध्यक्ष मदन विसीको अध्यक्षतामा आयोजित घोषणा सभामा समुहका संयोजक प्रेम खरेलले घोषणा गरे ।

प्रतिक्रिया

प्रतिक्रिया