तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनाका गम्भीर घाइते शनिबार थप उपचारका लागि काठमाडौं लगिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएका विद्यार्थीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि शनिबार काठमाडौं लगिएको हो ।
दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका थिए । कोहलपुरमा उपचाररत १२ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएकोथियो
घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटनामा परेको थियो । अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ ।
प्रदेश ५ का मुख्यमन्त्रीको पहलमा विद्यार्थीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । मुख्यमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारका लागि प्रतिबद्धता जनाएका छन् ।
तस्विर : दिपेश आचार्य