नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश न.५ को प्रथम पुर्ण बैठकले बाँकेका आठ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले बाँकेको स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको हो । बाँकेका आठ स्थानीय तह मध्ये ५ वटामा एमाले र ३ वटामा माओवादी केन्द्रले नेतृत्व पाएको छ । कमिटिमा अध्यक्ष र सचिव पूर्व एकता अघिको फरकफरक पार्टीबाट चयन गरिएको छ ।
नेपालगन्ज उपमहानगर पालिका अध्यक्ष – डिल्ली बराल
सचिव – दत्त आचार्य
कोहलपुर नगरपालिका अध्यक्ष – बसन्ती अधिकारी
सचिव – तुलाराज बिष्ट
बैजनाथ गाउँपालिका अध्यक्ष – चन्द्र बहादुर थारु
सचिव – मिरा कार्की
खजुरा गाउँपालिका अध्यक्ष – राज कुमार बि.क.
सचिव – यम बहादुर महतारा
जानकी गाउँपालिका अध्यक्ष – पदम धिताल
सचिव – नारायण गिरी
राप्तीसोनारी गाउँपालिका अध्यक्ष – चाम बहादुर घर्ती
सचिव – मनोज के.सी.
नरैनापुर गाउँपालिका अध्यक्ष – प्रमोद मिश्र
सचिव – मेराज खाँ
डुडुवा गाउँपालिका अध्यक्ष – सकिल अहमद खाँ
सचिव – भोला यादव