नेपालगन्जमा सुरु भो खाद्य मेला

परम्परागत खाद्य वस्तु प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा आज शुक्रबारबाट खाद्य मेला नेपालगन्जमा सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बर्षेनी आयोजना गर्दै आएको खाद्य मेला आज शुक्रबार औपचारिक कार्यक्रम बीच कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेकी छन् ।
उद्घाटन अघि सचेतनामूलक र्याली समेत निकालिएको थियो । मेलामा विभिन्न सांस्कृतिकदेखि परम्परागत परिकारहरु राखिएको छ । बर्षेनी हुँदै आएको खाद्य मेलाको यो यो तेस्रो संस्करणको हो । मेला आइतबारसम्म चल्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जानकारी दिएको छ । गतबर्ष दाङको लमहीमा आयोजना गरिएको खाद्य मेला त्यसअघिल्लो बर्ष नेपालगन्जमा गरिएको थियो ।


‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरौं असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मुल नाराका साथ खाद्य मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख जोत्सना श्रेष्ठले जानकारी दिएकी छन् । मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिंदै खाद्य निरीक्षक एकराज बुढाथोकीले मेलामा खाद्य वस्तु सहितको ६० वटा स्टल रहेको बताएका छन् ।

निःशुल्क प्रवेश व्यवस्था मिलाइएको मेलाका स्टलमा विभिन्न जातजाती हरुको मौलिक परम्परागत पोषणयुक्त खाद्य पर्दाथको स्टल, स्थानीय उद्योगहरुबाट उत्पादित खाद्य पदार्थहरुको प्रदर्शनी तथा विक्री स्टल भैरहेका छन् ।
मेलामा विभिन्न विधामा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिने कार्यालयले जनाएको छ । विभिन्न जात जातीहरुको मौलिक पहिरन सहितका झाँकीहरुको प्रदर्शनी र प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता सहितको साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिंदैछ । नृत्य प्रतियोगितामा उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ । आयोजनाले उद्योगीहरुलाई उत्पादनका लागि पनि प्रेरित गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया