नेपालमै पहिलो पटक नागरिकतामा आमा र श्रीमतिको नाम

बाँकेमी पहिलो पटक अधिवक्ता विश्वजित तिवारीले आमा र श्रीमतिको नाम उल्लेख गरेको नागरिकता लिएका हुन्

 

बाँकेमा पहिलो पटक नागरिकतामा आमा र श्रीमतिको नाम उल्लेख गरिएको छ । नेपालगन्जका सूचना अभियन्ता विश्वजित तिवारीले आफ्नो नागरिकतामा आमा र श्रीमतिको नाम लेखाएका हुन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला अधिवक्ता समेत रहेका तिवारीले लैंगिक समानताको सन्देश दिन आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको नाम लेखाएको बताएका छन् ।

 
अधिवक्ता तिवारीले सूचना हक बाट आमा र श्रीमतिको नाम नागरिकतामा उल्लेख गर्न सकिने जानकारी पाएका थिए । ‘नागरिकतामा श्रीमति र आमाको पनि नाम उल्लेख गर्न सकिने थाहा पाएपछि प्रशासनमा पहल अघि बढाएको हुँ’, अधिवक्ता तिवारीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता बुझेपछि भने । उनले महिला हिंसा न्यूनिकरणको सचेतना फैलाउन आफनोे आमा र श्रीमतीको नाम लेखाएको बताउदै यस कार्यले महिला र पुरुषको अधिकारमा समान पहुच हुने विश्वास व्यक्त गरे ।

 
अधिवक्ता तिवारीले लंगिक समानताका लागि सम्पूर्ण विवाहितहरुले आफनो नागरिकतामा आफनो आमा र श्रीमतीको नाम लेखाउन समेत आग्रह समेत गरेका छन् । नागरिकतामा आमा र श्रीमतीको नाम लेखाउन सूचना, जानकारी र कानुनी प्रक्रिया बारे सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले निशुल्क परामर्श दिने संस्थाले जानकारी दिएको थियो ।

 
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजवालले नागरिकता प्रदान गर्दै आफनो आमा र श्रीमतीको नाम लेखाएर नेपाली नागरिकता लिनु भएको यो नै बाँके जिल्लामा पहिलो घटना भएको बताए । प्रशासनका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सायद नेपालमा नै श्रीमतीको नाम लेखाएर नागरिकता वितरण गरिएको यो नै पहिलो भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया